बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

चोक–चोकमा ट्राफिकको डमी

चोक–चोकमा ट्राफिकको डमी


  • ढोरपाटन संवाददाता
  • साउन १६ २०७८, शनिबार

बागलुङ, १७ साउन– जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले मुख्य चोकमा डमी राख्न थालेको छ । पहिलोपटक लोकतान्त्रिक चोकबाट थालेको अभियान ट्राफिक चोक व्यवस्थापनमा समेत आइपुगेको छ ।
शनिबार ट्राफिक चोक व्यवस्थापन र उद्यान सफाइ अभियान गरेको छ । जिल्ला भित्रने सबैले देख्ने गरी ट्राफिक चोक लेखेर बोर्ड व्यवस्थापन गरिएको छ भने ट्राफिकको डमी बनाएर नियमहरु समेत उल्लेख गरिएको छ । अनिवार्य मास्क लगाउनु पर्ने, नियम पालना गर्दा हुने फाइदा र बेफाइदाबारे समेत ट्राफिकले जानकारी दिन थालेको छ ।
शनिवार स्थापित डमीको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले सडक दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरीको ठूलो भूमिका हुने बताए । उनले डर धम्कीले नभइ सम्झाई–बुझाई गरेर नियम पालना गर्न लगाएमा दुर्घटनाबाट बच्ने र सभ्य समाज निर्माणमा पनि सहयोग पुग्ने बताए ।
कार्यक्रममा प्रहरी उपरिक्षक कृष्णबहादुर पल्ली मगरले प्रहरी भनेको कानून कार्यान्वयन गराउने निकाय भएकोले हरेक नागरिकलाई सभ्य भएर सडक प्रयोग गर्न सिकाउनु पर्ने बताए । उनले प्रहरीबाट नागरिक र सवारी चालक डराउनेभन्दा कर्तव्य पालनामा सचेत बन्ने वातावरण बनाउनु पर्ने धारणा राखेका थिए ।
रोटरी क्लब अफ बागलुङको सहकार्यमा ट्राफिकले बोर्ड र डमी व्यवस्थापन गरेको हो । उक्त अवसरमा क्लबका अध्यक्ष संजय श्रेष्ठले सामाजिक उत्तरदायित्व बोध गर्ने र सामाजिक सेवामा यो काम गरिएको बताए । उनले ट्राफिक व्यवस्थापनबाट दुर्घटना न्युनिकरण गर्ने अभियान समेत क्लबले राखेको बताए ।
ट्राफिकले बजारका मुख्य चोकमा अब जेब्रा क्रस बनाउन लागेको जिल्ला ट्राफिक प्रमुख बद्रीप्रसाद तिमिल्सिनाले बताए । उनले बजारमा सुधार ल्याएर दुर्घटना न्युनिकरणको काम थालेको भन्दै त्यसमा साथ र सहयोग गरिदिन यातायात व्यवसायी, जनप्रतिनिधि र प्रशासनलाई समेत आग्रह गरेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->