पोखरा/ कास्की प्रहरीले खाजा घरको नाममा महिलाहरुलाई यौन कार्यमा लगाउने एक महिला तथा पुरुषलाई पक्राउ गरेको छ । पोखराको अमरसिंह चोकमा एसके खाजा घरको नाममा रेस्टुरेन्ट चलाउने ५३ वर्षीया सोनम गुरुङ तथा ३२ वर्षीय रोशन गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुले राम्रो काम लगाइदिन्छु भन्दै महिलाहरुलाई फकाएर यौन कार्यमा लगाउने गरेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले पक्राउ परेका प्रतिवादीलाई मानव बेचविखन तथा ओसारपसारसम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिए ।





