बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

पोखरा २० का कोभिड प्रभावितहरुलाई खाद्यान्न

पोखरा २० का कोभिड प्रभावितहरुलाई खाद्यान्न


  • ढोरपाटन सम्वाददाता
  • साउन १९ २०७८, मंगलबार

पोखरा/विकास नेपाल संस्थाद्धारा कोभिड १९ को दोश्रो लहरबाट प्रभावित पोखरा २० का ६८ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । पोखरा महानगरपालिका २० को समन्वयमा पोखरा १५ हरियाली मार्गमा रहेको विकास नेपालले कोभिडबाट प्रभावित अशक्त, अपांगता र कोरोना संक्रमणबाट समस्यामा परेका अति विपन्न साविक भलाम र मौजाका ६८ घरपरिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेको हो । सो अवसरमा प्रति व्यक्ति ३ हजार ८ सय रुपैयाँ बराबरको खाद्यान्न र स्वास्थ सामग्री वितरण गरिएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि पोखरा २० का अध्यक्ष सिम गुरुङले कोभिड १९ को महामारीबाट प्रभावितहरुलाई सहयोग गरी आफ्नो वडामा रहेकाहरुलाई केही हदसम्म राहत प्रदान गर्ने काम गरेकोमा विकास नेपाल संस्थालाई धन्यवाद व्यक्त गरे ।
विकास नेपाल संस्थाका अध्यक्ष डाक्टर बुद्धिबहादुर थापाले आपत विपतमा परेका पोखराका प्रायः जसो वडामा सहयोग गरेको भएतापनि आफूहरुको संस्थाले पोखरा २० लाई विशेष ध्यान दिएर खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->