आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पारसको अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

पारसको अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास


  • ढोरपाटन संवाददाता
  • साउन १९ २०७८, मंगलबार

पोखरा, १९ साउन– नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

पारसले सामाजिक संजालमा संदेश राख्दै आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको सार्वजनिक गरेका हुन् । उनले नेपाल क्रिकेट संघ (क्यान) लाई पनि यसबारे औपचारिक रुपमा जानकारी भने दिइसकेका छन् ।

सन् २००४ मा मलेसियाविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका पारस सन् २००८ देखि २०१९ सम्म राष्ट्रिय टिमका कप्तान समेत रहे ।

नेपालका लागि करिब १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनले सफल अलराउन्डरको रुपमा आफूलाई स्थापित गरे । एसोसिएट क्रिकेटकै स्टारका रुपमा रहेका पारसले पछिल्लो समय विदेशी फ्रेन्चाइज लिगमा पनि खेलेका थिए ।

पारस नेपाली क्रिकेटका सर्वाधिक सफलक कप्तान हुन् । उनको कप्तानीमा नेपालले पहिलो पटक २०१४ टि२० विश्वकप खेलेको थियो ।

सन् २०१८ मा नेपालले पहिलो पटक ऐतिहासिक ओडिआई मान्यता पाएको थियो । पारसको कप्तानीमा नेपालले २०१० मा पहिलो पटक डिभिजन पाँचको उपाधि जितेको थियो ।

उनको कप्तानीमा नेपालले डिभिजन ५ देखि ३ सम्म उपाधि जितेको छ । पारस ओडिआई र टि२० आई दुवैमा नेपालबाट पहिलो शतक प्रहार गर्ने खेलाडी हुन् ।

ओडिआईमा सन् २०१९ मा यूएई र त्यसैवर्ष सिंगापुरविरुद्ध टि२० आईमा शतक प्रहार गरेका थिए । टि२० आईमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने उनी पहिलो कप्तान हुन् ।

पारसले नेपालबाट १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी, ४४ लिष्ट ए र ५६ टि२० क्रिकेट खेलेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->