बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

पोखराका मेयर १९ दिनपछि अस्पतालबाट डिस्चार्ज

पोखराका मेयर १९ दिनपछि अस्पतालबाट डिस्चार्ज


  • ढोरपाटन संवाददाता
  • साउन १९ २०७८, मंगलबार

पोखरा/ कास्कीको पोखरा महानगरका मेयर मानबहादुर जिसी १९ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । मस्तिष्क घातका कारण काठमाडौंको न्यूरो अस्पतालमा उपचाररत जिसीलाई मंगलबार डिस्चार्ज गरिएको हो ।

उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकाले र छोरीको घरमा राखेर थेरापी गरिनेछ । अझै दुई साता भेटघाट गर्न नहुने चिकित्सकले बताएका छन् । मेयर जिसीको सचिवालयका अनुसार चिकित्सककै निगरानीमा उनको थप उपचार हुनेछ ।

उनलाई पोखरास्थित सरकारी निवासमै सुतिरहेका बेला बिहान ४ बजे मस्तिष्क घात भएको थियो । मनिपाल शिक्षण अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->