बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

पत्रकारितामा पुरुषकै वर्चश्व

पत्रकारितामा पुरुषकै वर्चश्व


  • ढोरपाटन सम्वाददाता
  • साउन २० २०७८, बुधबार

पोखरा/नेपाल पत्रकार महासंघ कास्कीले मंगलबार ‘लैंगिक समानता तथा सामाजिक समावेशीकरण उत्तरदायी पत्रकारिता’ अभिमुखीकरण तालिम गरेको छ । केयर नेपालको सहकार्यमा पत्रकार महासंघले भर्चुअल रुपमा मंगलबार उक्त तालिम आयोजना गरेको हो ।
लैंगिक समानताका विषयमा केयर नेपालका सुजना सिंहले लैंगिकताको अवधारणालाई पुरुष र महिलामा मात्र सीमित राख्न नहुने बताइन् । उनले लैंगिक समानताले विविध विषय बोकेकाले त्यसमा ख्याल राख्नुपर्ने सुनाइन् । ‘लैंगिक पहिचान, यौन अभिमुखीकरण, लैंगिक समानता प्रक्रियाका आधारमा काम गर्नुपर्छ,’ उनले भनिन् ।
केयर नेपालकै मनोरमा सुनुवारले पहिला सामाजिक बहिस्करणका विषयमा बुझ्नुपर्ने आवश्यकतालाई औंल्याइन् । उनले स्रोतमा असमान पहुँच, असमान सहभागिता, अवसरबाट वञ्चितिकरण आधारमा सामाजिक बहिस्करणलाई अध्ययन गर्न सकिने बताइन् । ‘यसलाई प्रभाव पार्ने तत्वहरु लैंगिक, जातीय, भाषा, धर्म, शारीरिक अपांगता, भौगोलिकता, आर्थिक अवस्था हुन्,’ उनले भनिन् ।
समाजका सीमान्तकृत वर्गलाई समाजको मूल प्रवाहमा ल्याउँदा देखा पर्ने अवरोध हटाएर उनीहरुलाई सामाजिक एवं विकासका कार्यमा सहभागी गराउने प्रक्रियालाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको तर्क सुनुवारको थियो । राजनीतिक, आर्थिक, सामाजिक सहभागिताका आधारमा पनि सामाजिक समावेशीकरणको सुनिश्चितता गर्न सकिने उनले बताइन् ।
पत्रकार प्रकाश लामिछानेले नेपाली पत्रकारितामा समयसँगै क्रमिक सुधार आएको बताए । उनले २०६२÷६३ पछि राजनीतिक परिवर्तनसँगै समाजले पनि परिवर्तनको अपेक्षा गरेको सुनाए । ‘लैंगिक समानता र सामाजिक समावेशीकरणको विषयलाई पत्रकारिता मार्फत उठान गर्नुअघि संरचना, सवालता, सुधार र सवलीकरणका विषयमा पत्रकारले बुझ्नुपर्ने आवश्यकता छ,’ उनले भने ।
लामिछानेले नेपाली पत्रकारिताको क्षेत्रमा पनि महिलाको सहभागिता कम भएको तथ्यांक प्रस्तुत गरे । नेपाल पत्रकार महासंघका १ सय २९ शाखामा १३ हजार ७६ जना पत्रकारमा महिला जम्मा २ हजार ४०७ जना रहेको उनले बताए । लिंग, वर्ण, क्षेत्र र वर्गका आधारमा महिलाका मुद्दालाई मूलधारको समाचार बहसमा समावेश गर्न सकिने उनले उल्लेख गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष रमेश विष्टले पत्रकार महासंघ कास्कीले कोरोनाकालीन समयमा राम्रो कार्यको थालनी गरेको बताए । पत्रकारलाई विषयगत अध्ययनमा टेवा पु¥याउने उदेश्यस्वरुप आयोजना गरिएको तालिमले लाभ मिल्नेमा उनी विश्वस्त छन् ।
पत्रकार महासंग गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले लैंगिक समानता विषयमा नीतिगत अवधारणा ल्याउनुपर्ने बताए । उनले जातीय, वर्गीय, सामाजिक अवस्थालाई ख्याल गर्दै निर्भीक पत्रकारिताले सामाजिक समावेशीलाई अगाडि बढाउन मद्दत पुग्ने बताए । पत्रकार पक्षधरता नभई यथार्थमा टिकिएको हुनुपर्ने विषयलाई उनले जोड गरे ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले आफ्नो नेतृत्वमा महासंघले आयोजना गरेको पहिलो तालिम भएको उल्लेख गरिन् । उनले लैंगिक तथा सामाजिक समावेशीकरण उत्तरदायी पत्रकारिता विषयमा गरिएको तालिम फाइदाजनक रहेको तर्क प्रस्तुत गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->