बागलुङ/ बागलुङ निसीखोला गाउँपालिकामा लडेर एक मजदुरको ज्यान गएको छ । निसीखोला गाउँपालिकामा बिहीबार दिउँसो खानेपानीको पाईप जोड्ने क्रममा लडेर मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । निसीखोला गाउँपालिका–७ राजकुटको सेम्कादेखि चेलाङ जोड्ने झोलुङ्गे पुल निर्माणका लागि गोर्खाको धार्चो गाउँपालिका–२ केरौजाबेसीबाट बागलुङ आएका २६ वर्षीय वीरे गुरुङको चिप्लिएका कारण लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले जानकारी दिए ।
झोलुङ्गे पुल बनाउने क्रममा खानेपानी पाईमा क्षति पुगेपछि पाईप मर्मत गर्दा ढुङ्गामा चिप्लिएका कारण ५० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।





