पोखरा/घान्द्रुकका पहिरो पीडितलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले राहतस्वरूप १३ लाख नगद सहयोग गरेको छ । फाउण्डेशनका अध्यक्ष अमृत गुरुङले पहिरो पीडित १२ परिवारलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
गएको असार १ गते मध्यराति परेको अविरल वर्षाका कारण वडा नम्बर १० र ११ मा गएको पहिरोले १२ परिवारको घरमा क्षति हुँदा २ घर बगेका र २ वटा घर उच्च जोखिममा परेका थिए । कार्यक्रममा पहिरोले घर बगाएर पूर्ण क्षति भएको मैतासिंह ÷ चिजकुमारी गुरुङको परिवारलाई नगद ७ लाख, हरीकला गुरुङ र उनको घरमा रेष्टुरेण्ट सञ्चालन गर्दै आएका छबि राना मगरलाई ७५ ÷७५ हजार, विस्थापित बुद्धीराज परियार (पञ्चे कान्छा) र मनबजु परियारलाईनगद १ लाख २५ हजार ÷ १ लाख २५ हजार प्रदान गरिएको थियो । त्यसैगरी आंशिक क्षति पुगेका दोबाटोका राजमान गुरुङ, खड्का जैसी, घुर्जुङका लाल गुरुङ, सोही स्थानकै रामप्रसाद गुरुङ, धनु गुरुङ, कत्रोका मिमकुमारी बिक र टेकबहादुर जैसीलाई समान २२ हजार÷२२ हजारको दरले प्रदान गरिएको हो ।
फाउण्डेसनका अध्यक्ष अमृत गुरुङले आफ्नै घर आँगन पहिरोले लगेपछि सुरु भएको राहत अभियानबाट संकलित रकम नै पीडितलाई दिइएको बताए । कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले लामा अमृत फाउण्डेशनले उदाहरणीय कार्य गरेको उल्लेख गरे । त्यसैगरी घान्द्रुक प्हे ल्हु संघ इकाई समितिका अध्यक्ष प्रेम गुरुङले एकलाई दुःख पर्दा अर्कोले सहयोग गर्नुपर्नेमा जोड दिए । फाउण्डेशनले घान्द्रुक स्वास्थ्य चौकी र प्रहरी चौकीलाईसमेत स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।
फोटो क्याप्सन ः घान्द्रुकका पहिरो पीडितलाई नगद राहत वितरण गर्दै लामा लामा अमृत फाउण्डेशनका अध्यक्ष अमृत गुरुङ ।





