शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मनै लोभ्याउने भालुपहाड र झोलुंगे पुल

मनै लोभ्याउने भालुपहाड र झोलुंगे पुल


  • अर्जुन काफ्ले
  • साउन २४ २०७८, आइतबार

स्याङ्जा/फेदीखोला गाउँपालिकातर्फको भालुपहाडमा निर्मित झोलुंगे पुल पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा जोड दिदै भालुपहाडस्थित सेतीखोलामाथि झोलुंगे पुल निर्माण गरेको हो ।
गाउँपालिकाको गुरुयोजना अनुरुप झोलुंगे पुल निर्माण गरेको अध्यक्ष घनश्याम सुवेदीले बताए उनले पर्यटन प्रवद्र्धन र आयआर्जन बढाउने लक्ष्य रहेको सुनाए । फेदीखोला २ र ३ का पातीहाल्ना गाउँलाई झोलुंगे पुलले जोडेको छ ।
भालुपहाडमा रहेका ठूला २ पहाडलाई जोड्नेगरी निर्माण गरिएको पुलमा अहिले पनि दैनिक २ देखि ३ सय जनासम्म आउने गरेका छन् । यहाँ आउनेमा अधिकांश पोखरा, स्याङजा र स्थानीयका साथै सिदार्थ राजमार्गबाट यात्रा गर्ने यात्रु छन् ।
कोरोना सङक्रमणको त्रासका बीच पनि मानिसहरु आउने गरेको र सानो समूहमा आएर समय बिताउने गरेको अध्यक्ष सुवेदीले जानकारी दिए । राजमार्ग भई हिँड्ने यात्रु पनि पहाडको अवलोकन गर्दै झोलुंगे पुलमा पुग्ने गरेको उनले बताए । ‘जिल्लावासी पनि पारिवार वा साथीहरुसँग मिलेर वनभोज तथा मनोरञ्जनका लागि आउने गरेका छन्,’ उनले भने ।
अजंगको पहाड। हेर्दा भालु निदाए झैं आकृति देखिएकाले यस पहाडको नाम भालु पहाड राखिएको भन्ने किंवदन्ती छ । झन्डै ३ सय मिटर गहिराईमा रहेको सेतीखोलाले एउटा थुम्कोजस्तो पहाडलाई घेरेर बगेको छ भने त्यही थुम्को अहिले सबैको आकर्षणको केन्द्र बनेको हो ।
एक वर्षअघि निर्माण सुरु गरेको झोलुंगे पुल २ सय २१ मिटर लम्बाईको रहेको छ । यो पुल एक करोड ३८ लाख ५८ हजार १५० रुपियाँको लागतमा गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा निर्माण गरिएको इन्जिनियर तारा पौडेलले जानकारी दिए । पुल बनेसँगै यहाँको चहल पहल बढेको छ भने स्थानीयबासीले होम स्टेदेखि रेस्टुरेन्ट सञ्चालन सम्बन्धी योजना बनाएको स्थानीय पुनम जिसीले बताइन् ।
प्रदेश सरकार र गाउँपालिकाले निर्माण गरेका भालुपहाड झोलुंगे पुल ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->