काठमाडौं / नेपाली कांग्रेसको सभापतिमा तीन जनाले उम्मेदवारी दर्ता गरेका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझसम्म तीन जनाले सभापतिमा उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ।
सभापतिमा गगन थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गी उम्मेदवार बनेका छन्। थापा गत पुसमा भएको विशेष महाधिवेनबाट सभापति बनेका थिए। यसअघि उनी १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए।
राठौर १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए। पूर्वसभापति शेरबहादुर देउवा पक्षमा रहेका राठौर केही दिनअघि मात्रै संस्थापनतिर आएका थिए।
त्यस्तै, खड्गी कांग्रेसका युवा नेता हुन्। उनी पछिल्लो समय नेता कृष्ण सिटौला पक्षमा थिए। महाधिवेशनको केही समयअघि मात्रै संस्थापनतिर आएका हुन्।





