बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ढोरपाटन समाचार प्रभाव : अग्लो पुलका बिज्ञापन बोर्ड हटाइए

ढोरपाटन समाचार प्रभाव : अग्लो पुलका बिज्ञापन बोर्ड हटाइए


  • ढोरपाटन सम्वाददाता
  • साउन २५ २०७८, सोमबार

बागलुङ/बाङ्गेचौर अदुवाबारी संसारकै लामो पुल छेउमा राखिएका अव्यवस्थित विज्ञापनका बोर्डहरु हटाइएका छन् । शनिबार ढोरपाटनले सामाचार प्रकाशन गरेपछि विभिन्न कन्सल्टेन्सीले राखेका बिज्ञापन बोर्डहरु हटाइएका हुन् ।
रामरेखा सामुदायीक वनले बोर्ड हटाउन भनेपछि कन्सल्टेन्सी आफैले बोर्ड हटाएका हुन् । उक्त क्षेत्र रामरेखा सामुदायिक वनमा पर्छ । पुलको सुन्दरता नै मासिने गरी राखिएका बोर्ड उनीहरुलाई नै हटाउन आग्रह गरिएको रामरेखा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर बोहराले बताए ।
बागलुङ नगरपालिकाले बिना अनुमति राखेका बोर्डहरु हटाउनका लागि राजश्व शाखालाई निर्देशन दिएको थियो । ‘हामी बोर्ड हटाउने तयारीमै थियौं’,राजश्व शाखाका प्रमुख काशीराम शर्माले भने, ‘विज्ञापनका बोर्ड राख्दा राजश्व तिर्नुपर्छ र व्यवस्थित हुनुपर्छ ।’ पहिले पुलको दुबैतर्फ राखिएका बोर्डहरु निकालेर पुलमुनि फालिएको छ । नगरकै प्रवेशद्वार मालढुंगामा राखिएका बोर्डहरु भने नगरले हटाएको छैन् । विस्तारै मालढुंगाका बोर्डहरुसमेत व्यवस्थित गरिने नगरप्रमुख जनकारज पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->