आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

आजदेखि १४ लाख नागरिकलाई अस्ट्राजेनिका खोप दिइने

आजदेखि १४ लाख नागरिकलाई अस्ट्राजेनिका खोप दिइने


  • ढोरपाटन संवाददाता
  • साउन २५ २०७८, सोमबार

पोखरा/ सरकारले आजदेखि कोरोनाविरूद्ध अस्ट्राजेनिका खोप लगाउने भएको छ ।
पहिलो मात्रामा कोभिशिल्ड खोप लगाएर दोस्रो मात्राको खोपको पर्खाइमा रहेका १४ लाख जना नागरिकलाई सोमबारदेखि यो खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले बताएको छ ।
दोस्रो डोज खोपको पर्खाइमा रहेका ६५ वर्ष र सोभन्दा माथि उमेरका करिब १४ लाख जना नागरिकलाई अस्ट्राजेनिका खोप दिइने भएको छ ।

साउन २५ गतेबाट अस्ट्राजेनिका खोप लगाउने अभियान सुरू भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोख्रेलले जनाए ।
दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने विभागले जनाएको छ । भुटान र जापान सरकारबाट कोभ्याक्स सुविधामार्फत् प्राप्त गरेको अस्ट्राजेनिका खोप बिरामी र वैदेशिक रोजगारीमा जानेहरूलाई पनि लगाइने भएको छ ।

वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति, मृगौलाले काम नगरी डायलाईसिस गर्नुपर्ने र गरेका व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा अर्बुद रोगका बिरामीलाई प्राथमिकताका साथ दोस्रो मात्रा सुनिश्चित हुने गरी खोप लगाइने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->