बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङको अमलाचौर पैयुंपाटामा निषेधाज्ञा थप कडाई

बागलुङको अमलाचौर पैयुंपाटामा निषेधाज्ञा थप कडाई


  • ढोरपाटन संवाददाता
  • साउन २५ २०७८, सोमबार

बागलुङ/तिब्र गतिमा कोरोना संक्रमण फैलिदै गएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ नगरपालिका–१२ अमलाचौर र–१३ पैयुँपाटामा जारी निशेधाज्ञामा थप कडाई गरेको छ ।
बागलुङ नगरपालिकाले गरेको सिफारीसको आधारमा जिल्ला संकट व्यवस्थापन समितिको आईतबारको बैठकले राती १२ बजेदेखि लागु हुने गरी अमलाचौर र पैयुंपाटामा भदौ १ गते रातीसम्मका लागि निषेधाज्ञामा थप कडाई गर्ने निर्णय गरेको हो ।
बागलुङ नगरपालिका – १४ नारायणस्थानमा यसअघि नै निशेधाज्ञा लगाईसकेको छ । यी क्षेत्रहरुमा तिब्र रुमा कोरोना संक्रमण फैलिएपछि कडा निशेधाज्ञा लागु गरिएको प्रमुख जिल्ला अधिकारी शिबकुमार कार्कीले बताए । निशेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेक अन्य सबै बन्द गर्न प्रशासनले निर्देशन दिएको छ ।
निशेधाज्ञाको समयमा अत्यावश्यक सेवा अन्तर्गत खाद्यान्न, तरकारी, दूध, औषधी तथा एम्बुलेन्स सेवा, कृषि तथा पशु उत्पादन मल बीउ लगायत स्वास्थ्य सेवा र विपद् व्यवस्थापन तथा अत्यावश्यक सवारी साधन बाहेक अन्य नीजि तथा सार्वजनिक यातायात दुई पांग्रे चार पाँग्रे र सम्बन्धित वडाका बजार क्षेत्र समेत बन्द गर्ने निर्देशन दिएको छ ।
त्यसैगरि बैङ्क तथा बित्तिय संस्थाहरु पनि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । पछिल्लो समय निशेधाज्ञा खुकुलो पारिएसंगै बागलुङका कोरोनाको संक्रमण तिब्र गतिमा बढेको छ । अहिले जिल्लामा ६ सय भन्दा बढि सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->