बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा साउन २८ देखि निषेधाज्ञामा थप कडाई

बागलुङमा साउन २८ देखि निषेधाज्ञामा थप कडाई


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०७८, मंगलबार

बागलुङ/बागलुङमा केही समय यता खुकुलो पारिएको निषेधाज्ञामा थप कडाई गरिएको छ । मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले साउन २८ गते बिहान ५ बजेदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
जिल्लामा समुदायमा संक्रमण फैलिएको र संक्रिय संक्रमितको संख्यामा अत्याधिक वृद्धि भएकोले जिल्लाभर निषेधाज्ञामा कडाई गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिए । निषेधाज्ञा भदौ ५ गते राती १२ बजेसम्मका लागि जारी रहनेछ ।
यसअघि निषेधाज्ञाको समयमा खुलेका सरकारी तथा गैरसरकारी कार्यालयहरु, बैंक तथा वित्तिय संस्था, शैक्षिक संस्थाहरु र अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी यातायात बन्द गर्ने निर्णय भएको छ ।
बैठकले खाद्यान्न पसल आइतबार, बुधबार र शुक्रबार बिहान १० बजेसम्म सञ्चालन गर्न दिने, लोकसेवा तथा त्रिभुवन विश्व बिद्यालयका परीक्षाका लागि समन्वय गरी सञ्चालन गर्न दिने र औषधिजन्य पसल सञ्चालनमा रोक नलगाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->