बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

शान्ति गुरुङ र केबी रानालाई कञ्चन पत्रकारिता पुरस्कार

शान्ति गुरुङ र केबी रानालाई कञ्चन पत्रकारिता पुरस्कार


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०७८, बिहिबार

पोखरा/ पोखराकी पत्रकार शान्ति गुरुङ र नवलपुरका पत्रकार केबी राना मगर ‘कञ्चन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारद्वयलाई २५÷२५ हजार रुपैयाँ नगदसहित दोसल्ला र प्रमाणपत्रले सम्मानित गरे । आदिवासी जनजातिको भाषा, कला र संस्कृतिको क्षेत्रमा कलम चलाएबापत पुरस्कृत गरिएको फोनिज गण्डकी प्रदेशले जनाएको छ ।
सम्मानित गुरुङ लामो समयदेखि रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र पोखरमा कार्यरत छन् ।उनी पत्रकारितासँगै गायन क्षेत्रमा पनि सक्रिय छन् । नवलपुरका रानासँगरेडियो नेपाल, कान्तिपुर टिभी, नागरिक दैनिकलगायत दर्जनौ मिडिया हाउसमा कार्य अनुभव छ ।
पोखराका व्यवसायी तथा समाजसेवी विमलमान गुभाजुसहित उनको परिवारले पिता स्वर्गिय वेदमान गुभाजु र माता नेत्रकुमारी गुभाजुको स्मृतिमा पुरस्कार स्थापना गरिएको पुरस्कार दोस्रोपटक अर्पण गरिएको हो । कार्यक्रममा गुभाजु परिवारले पुरस्कारका लागि थप १ लाख अक्षय कोषमा थप्ने घोषणा गरे । अब पुरस्कारको अक्षयकोष ७ लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->