बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

निषेधाज्ञा नटेर्ने २२ सवारी नियन्त्रणमा

निषेधाज्ञा नटेर्ने २२ सवारी नियन्त्रणमा


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०७८, शुक्रबार

बागलुङ/ पछिल्लो समय कोरोनाका संक्रमित अत्याधिक बढेपछि लगाइएको निषेधाज्ञामा पनि जबरजस्ती सवारी साधन चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही थालेको छ ।

बिहीबारदेखि लगाइएको निषेधाज्ञामा बागलुङ बजारमा बिनाअनुमति सवारी चलाएका ७ वटा चारपांग्रे र १५ वटा दुईपांग्रे सवारी नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक विराट शर्मा पौडेलले बताए ।

जिल्ला प्रशासनले लगाएको निषेधाज्ञामा अत्यावश्यक सेवाका बाहेक सवारी चलाउन निषेध गरिएको छ । अत्यावश्यक सेवामा नपरेका भए बाध्यात्मक अवस्था किन आयो भन्ने उनीहरुले खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएकामध्ये ४ पांग्रेलाई ५ हजार र २ पांग्रेलाई २ हजार रुपैयाँका दरले जरिवाना काटेर पठाइनेछ ।

बिहीबार बिहानैदेखि प्रशासन र प्रहरीले बजार क्षेत्रमा अनुगमनसमेत गरेका थिए । नियन्त्रणमा लिइएका सवारीमध्ये कोरोना संक्रमण अत्याधिक बढेको, स्वास्थ्य मापदण्ड पालना नभएको र रातो प्लेटका सवारीले पनि कोचाकोच यात्री बोकेको थाहा पाएपछि १० दिनकालागि कडा निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमले बताए ।

निषेधाज्ञा प्रभावकारी बनाउन अत्यावश्यक सेवाअन्र्तगतका बैंक तथा वित्तीय संस्थासमेत बन्द भएका छन् । निषेधाज्ञा भदौ ५ गतेसम्म चल्ने छ । निषेधाज्ञा प्रभावकारी बनाउन दैनिक उपभोग्य वस्तुका पसल पनि सोमबार, बुधबार र शुक्रबार मात्रै खुल्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->