बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा भदौ १० सम्म निरन्तर निषेधाज्ञा

बागलुङमा भदौ १० सम्म निरन्तर निषेधाज्ञा


  • ढोरपाटन संवाददाता
  • भाद्र ४ २०७८, शुक्रबार

बागलुङ, ४ भदौ– बागलुङमा भदौ १० गतेसम्म निषेधाज्ञा हुने भएको छ । यसअघि भदौ ५ गतेसम्मका लागि जारी भएको निषेधाज्ञा पाँच दिनका लागि थप भएको हो ।
शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डिसिएमसी)को बैठकले कोरोना संक्रमण दरलाई विश्लेषण गरेर भदौ १० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिए । भदौ ५ गते राती १२ बजेदेखि १० गते राती १२ बजेसम्म जिल्लाभर लागू हुनेगरी निषेधाज्ञाको समयवधि थप गरी थप कडाई गर्ने निर्णय गरेको कार्कीले बताए ।

बैठकले दैनिक उपभोग्य खाद्यान्न पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरी बिहान १० बजेसम्म संचालन गरिने र खाद्य सामाग्री तथा पशुपंक्षीका दानाका पसल र ढुवानी आइतबार, बुधबार र शुक्रबार बिहान १० बजेसम्म संचालन गर्ने निर्णय गरेको प्रजिअ कार्कीले बताए ।
बैठकले लोकसेवा आयोग, प्राविधिक तथा व्यवसायिक तालिम परिषद्को परीक्षा भने सम्बन्धित शैक्षिक संस्थासँग समन्वय गरेर मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

यस्तै, कोभिड–१९ को खोप कार्यक्रम स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी संचालन गर्ने र अन्य जिल्लाबाट बागलुङ भई निषेधाज्ञा लागु नभएका जिल्लामा जाने सवारी साधन यस जिल्लामा यात्रु चढाउन र ओराल्न नपाउने गरी सहजीकरण गरिने बैठकले निर्णय गरेको छ ।
बैशाखबाट सुरु भएर असारदेखि खुकुलो भएको निषेधाज्ञा महामारी बढेको भन्दै साउन २८ गतेदेखि पुनः जिल्लाभर कडाई गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार शुक्रबार जिल्लामा सक्रिय संक्रमितको संख्या ४ सय ९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->