पोखरा/नहरले बगाउँदा पोखरामा एक बालिकाको ज्यान गएको छ । सोलुखुम्बु स्थायी घर भई हाल पोखरा–२६, बूढीबजार बस्ने ११ वर्षीया बालिका नहरले बगाउँदा वेपत्ता भएकी हुन् । खेल्ने क्रममा उनलाई नहरले बगाएको प्रहरीले जनाएको छ ।
यता, पोखरा–१६, लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कूलको क्वाटरको टिनको छत मर्मत गर्ने क्रममा खसेका ४० वर्षीय शंकर थापाको उपचारको क्रममा ज्यान गएको छ । उनी सोही विद्यालयको मर्मत शाखामा कार्यरत थिए ।




