पोखरा, १० भदौ–नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षकले छानविन समितिको प्रतिवेदनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फां) वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी विवाद समाधान गर्न बनेको समितिको निर्णयमा राजनीति भएको उनले बताएका छन् ।
यस अघिपनि नेम्वाङका कारण राजिनामा दिने सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दा विवाद बाहिर आइरहँदा पुनः फेसबुकमा पोष्ट गर्दै उनले आफू बाहिरिने र राजनीति गर्नेलाई छाडिदिने बताएका छन् ।
लामो विवादमा आउन नचाहेका प्रशिक्षक अल्मुताइरीले आफुलाई न्याय नमिलेको महसुस गरिरहेका छन् । नेपाली फुटबलमा परिवर्तन गर्न आएका अल्मुताइरीले आफ्नो आचरणमा सुधार गर्दै राजिनामा दिने पोष्ट हटाउन आग्रह गर्न छानविन समितिले राखेपलाई ११ बुदे सुझाव पेश गरेको थियो ।
यद्यपी अल्मुताइरीले भने पुन पोष्ट गर्दै लेखेका छन् ‘आई एम आउट…..लेट पोलिटिक्स वर्क’ लेखेका छन् । १३ औं साफ च्याम्पियनसिप नजिकिदैँ गर्दा अल्मुताइरी भने टोलीबाट बाहिरिने खतरा बढेको छ ।

उनले सम्भवत अब भने छाड्ने संकेत गरिसकेका छन् । राखेपले साउन १९ गते पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।
समितिले झन्डै ३ साता लगाएर तयार पारेको प्रतिवेदनमा अलमुताइरीले व्यवहारिक आचरणमा सुधार गर्नुपर्ने, एन्फाले आफ्ना विभागहरुलाई सक्रिय गर्नुपर्ने, आन्तरिक विवादलाई एन्फामै समाधान गर्नुपर्नेलगायत ११ बुँदे निर्देशनात्मक सुझाव प्रतिवेदनमा समेटेको छ ।





