आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

मोटरसाइकल आगजनी आरोपमा पक्राउ

मोटरसाइकल आगजनी आरोपमा पक्राउ


  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०७८, शनिबार

पोखरा/ मोटरसाइकलमा आगजनी गरेको आरोपमा प्रहरीले गोरखामा एक जनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–९ का अमृत कमरलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
गोरखा नगरपालिका–५ मान्द्रेढुङ्गाका सन्देश पाण्डेले पश्चिमकालीस्थित मन्दिर परिसरमा पार्किङ गरेर राखेको लु २६ प ८७९८ नम्बरको होण्डा कम्पनीको हर्नेट बाइकमा उनले आगजनी गरेको प्रहरीको भनाइ छ ।
कोरोनाविरुद्धको खोप लगाएर घर फर्कने क्रममा साथीहरुसँग घुमफिर गर्न पश्चिमकाली पुगेका पाण्डेले सोही ठाउँ नजिकै मोटरसाइकल पार्किङ गरेका थिए । एक्कासी मोटरसाइकलमा आगजनी भएको खबर पाएसँगै प्रहरीलाई जानकारी गराइएको थियो ।

घटनास्थल पुगेको प्रहरी टोलीले कमरलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको बताएको छ । कमरले आगजनी गरेको स्वीकार गरेको र उनलाई हिरासतमा राखी आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएर थप अनुसन्धान भइरहेको डीएसपी प्रकाश दाहालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->