पोखरा/ अर्घाखाँची पोखरा सम्पर्क समाजले पोखरा– ३२, लामेआहालस्थित राधाकृष्ण वृद्धाश्रमका वृद्धावृद्धहरुलाई खाद्यान्न सहयोग गरेको छ ।
समाजकोतर्फबाट अध्यक्ष चेतनारायण पाण्डेले करिब ४० हजार बारबरको खाद्यान्न सामग्री राधाकृष्ण वृद्धाश्रमका उपमहासचिव रजनी लामिछानेलाई हस्तान्तरण गरेका हुन् ।चामल, दाल, नून,तेल, चना, साबुनलगायत सम्पूर्ण खाद्यान्य सामग्री दिइएको अध्यक्ष पाण्डेले बताए । वृद्धाश्रमका उपमहासचिव रजनी लामिछानेले आश्रममा हाल ६० जना वृद्धावृद्ध रहेको जानकारी दिइन् ।




