बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पहिरोले अबरुद्ध करिडोर एक सातापछि सूचारु

पहिरोले अबरुद्ध करिडोर एक सातापछि सूचारु


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०७८, बुधबार

बागलुङ/ पहिरोका कारण अबरुद्ध रहेको कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–१० एक्लेसाल र वडा नं. १३ को फूर्सेखोलामा पहिरो पन्छाएपछि करिडोर सुचारु भएको हो ।
बर्षासँगै पहिरो खस्ने क्रम नरोकिएकाले करिडोरको मालढुंगा–बलेवा बिमानस्थल खण्ड एकसातादेखि अबरुद्ध थियो । बर्षा रोकिएपछि मेसिनको प्रयोग गरेर पहिरो पन्छाईएको सडक डिभिजन कार्यालय बागलुङका अधिकृत नारायण शर्माले बताए । लामो प्रयासपछि सडक सूचारु भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

सडक सूचारु भएसँगै खाद्यान्न बोकेका सवारी साधन ओहोरदोहोर गर्न थालेका छन् । यात्रु बोकेका सवारी समेत लामो समय फुर्सेखोला आसपासमा अलपत्र परेका थिए । सडक अबरुद्ध हुँदा जिल्लाको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको थियो । वैकल्पिक मार्ग समेत नभएकाले करिडोर बन्द हुँदा जिल्लाको दक्षिणक्षेत्रमा सडक सञ्जाल टुट्ने गरेको छ ।

बागलुङ कुश्मीशेरा सडकमा असार १ गते आएको पहिरोले पु¥याएको क्षतिका कारण करिडोर एकमात्रै बिकल्प हो । उक्त सडमा आएको पहिरो व्यवस्थापन र भत्किएका संरचना पुनः निर्माण गर्न दुई करोड बढी खर्च लाग्ने पूर्वाधार कार्यालय बागलुङको अनुमान छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->