आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेपाल भारतबिचको मैत्रीपूर्ण खेल दर्शक सहित खेलाइने

नेपाल भारतबिचको मैत्रीपूर्ण खेल दर्शक सहित खेलाइने


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०७८, बुधबार

पोखरा/नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलमा दर्शकलाई प्रवेश दिने भएको छ । दशरथ रंगशालामा हुने मैत्रीपूर्णको पहिलो खेलमा दर्शकसहित खेलाइने भएको हो ।

दशरथ रंगशालामा बिहिबार साँझ ५ः३० बजे सुरु हुने पहिलो खेल हेर्नका लागि कोरोनाका दुवै खोप लगाएका अथवा पिसिआर परिक्षणबाट नेगेटिभ आएकालाई मात्र प्रवेश दिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

दुवै खोप लगाएकाले खोप कार्ड देखाउने तथा खोप नलगाएकाले पिसीआर परिक्षणको रिपोर्ट देखाउनु पर्नेछ । सरकारले तोकेको मापदण्ड पूरा गर्दै दर्शकलाई प्रवेश दिने गरि तयारी भइरहेको बताइएको छ ।

एन्फाले पहिलो खेलका लागि ५ हजार १ सय दर्शकको स्वीकृतिका लागि सरकारलाई प्रस्ताव गरेको अध्यक्ष कर्माछिरिङ शेर्पाले बताएका छन् । मन्त्रालय र प्रशासनबाट आवश्यक स्वीकृति आइसकेको उनले जानकारी दिए ।

दर्शक प्रवेशका लागि रंगशालाका पाँच वटा गेट प्रयोग गरिने भएको छ । नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा खेल हुँदैछ । सन् २०१५ मा विश्व कप छनोटको दोस्रो खेलमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->