बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मृगौलापीडितको उपचारका लागि प्रवासबाट ८ लाख सहयोग

मृगौलापीडितको उपचारका लागि प्रवासबाट ८ लाख सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०७८, बिहिबार

बागलुङ/ बागलुङको गल्कोट नगरपालिका – २ नरेठाँटी निवासी मृगौला पिडित तेजा खत्रीका लागि आर्थिक सहयोग प्राप्त भएको छ । लामो समयदेखि मृगौलाको समस्याबाट पिडित खत्रीको उपचारका लागि जापानमा रहेका नेपालीहरुले ८ लाख १४ हजार ३ सय रुपैया सहयोग गरेका हुन् ।

जन्मदेखि नै एकवटा मृगौला रहेको र त्यही पनि बिग्रीएर काठमाण्डौको निधान अस्पतालमा उपचार गराइरहनु भएकी खत्रीको मृगौला प्रत्यारोपणका लागि भन्दै जापानमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् । नरेठाँटी स्थायी ठेगान भई बागलुङ नगरपालिका वडा नम्वर ३ किरानाटोलमा व्यसायी गरि बस्ने खत्रीको मृगौलाको उपचारका लागि आर्थिक अभाव भएकाले जापानमा रहेका नेपालीहरुको सक्रियतामा संकलन भएको थियो । उक्त रकम हस्तान्तरण गरिएको बागलुङका समन्वयकर्ता एवं हिमालयन मोटरसाइकल वर्कसपका संचालक यामबहादुर कार्कीले जानकारी दिए ।

जापान बिभिन्न पेशा तथा व्यवसाय गरि बस्ने कमलबहादुर कार्की, मिलन केसी, देवेन्द्र खत्री, रमेशकुमार खत्री, लक्षुमन कार्की, तेजेन्द्र भण्डारी, भगवान खत्री, रोमन कार्की, रोहित खत्रीको सक्रियतामा संक्रलित रकम बरावरको चेक समन्व्यकर्ता कार्की, चन्द्रबहादुर खत्री र मिनबहादुर भण्डारीले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य ताराप्रसाद शर्माको रोहवरमा हस्तान्तरण गरेका थिए ।
आफ्नै छरछिमेकी तथा एउटै वडाकी चेली खत्रीको मृगौलामा समस्या भएको खवर पाएपछि जापानमा रहेका नेपालीहरुको सहयोगमा संकलन भएको रकम उनको उपचारका लागि पठाइएको नरेठाटी घर भई जापानमा कार्यरत मिलन केसीले जानकारी दिए ।

खत्रीको उपचारका लागि जसपुरे गोतामे खत्री परिवारको तर्फबाट पनि संकलन गरिएको ३ लाख ४ हजार ८ सय ६ रुपैया हस्तान्तरण गर्न लागिएको संकलनकर्ता चन्द्रबहादुर खत्रीले जानकारी दिए । खत्रीको उपचारका लागि हालसम्म ४ लाख खर्च भैसकेको र अझै २० देखि २५ लाख लाग्ने अनुमान गरिएको उनको परिवारले जनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->