पोखरा/ लायन्स क्लब अफ पोखरा लेकसिटीले पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत अध्ययनरत ५४ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
डिष्ट्रिक्ट चिफ एडभाइजर राजेन्द्रकुमार बाटाजु,पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला,उपाध्यक्ष पवनकुमार प्रजापति, क्लबका अध्यक्ष कैलाश पालिखे, द्धितीय उपाध्यक्ष सोवितमान बुद्धाचार्यलगायतले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजेन्द्रकुमार बाटाजुले आर्थिकस्तर कमजोर भएका विद्यार्थीहरुलाई सघाएर क्लबले उदाहरणीय कार्य गरेको बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले बालश्रम न्यूनीकरण अभियानअन्तर्गतका विद्यार्थीहरुलाई सहयोग पु¥याएकोमा क्लबलाई धन्यवाद ज्ञापन गरे । संघका उपाध्यक्ष पवनकुमार प्रजापतिले आर्थिकस्तर कमजोर भएका २ जना विद्यार्थीलाई एसर्ईईसम्मको खर्चको व्यवस्था गर्ने घोषणा गरे । लायन्स क्लब अफ पोखरा लेकसिटीका अध्यक्ष कैलाश पालिखेले सामाजिक सेवा भावले विद्यार्थीहरुलाई सहयोग गरिएको बताउँदै यस्तो सहयोग निरन्तर रहने बताए ।





