आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मैत्रीपूर्ण खेलमा नेपाल बराबरीमै रोकियो

मैत्रीपूर्ण खेलमा नेपाल बराबरीमै रोकियो


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०७८, बिहिबार

काठमाण्डौ, १७ भदौ – त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको नेपाल भारत मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।

मैत्रीपूर्ण खेलअन्तगर्त आज भएको नेपाल भारत अन्तराष्ट्रिय मैत्रीपूर्णखेल १–१ गोलको बराबरीमा रोकिएको हो ।

अञ्जन विष्टको गोलसंगै नेपालले पहिलो हाफमा १–० को अग्रता लिएको हो । विष्टले खेलको ३६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।

चिनलेनानि सिंहको मिस ब्याकपासमा निकै चनाखोपूर्ण तरिकाले उनले गोल गरे । गोलरक्षक गुरुप्रित सिंह सन्धुलाई दिएको ब्याकपासमा अञ्जन हावि हुदैं गोल गरे ।

खेलको २४ औं मिनेटमा भारतका ब्रनडन फर्नान्डेसको कर्नर गोलरक्षक किरण चेम्जोङले बचाउ गरे । २८औं मिनेटमा पुजन उपरकोटीले फितलो प्रहार गरे ।

नेपालले गोल गरेलगत्तै भारतले गोलको प्रयास गरेपनि गोलरक्षक तथा कप्तान किरण बाधक बने । ५०औं मिनेटमा गोलरक्षक किरणले गल्ती गर्दा भारतले पाएको फ्रिकिकलाई किरणले नियन्त्रणमा लिदै बराबरी टारे ।

६०औं मिनेटमा सुनिल क्षेत्रीले १८ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाएपनि किरणसँगै रहेका सब्सिच्युट अनिरुद थापाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->