पोखरा, १८ भदौ–अविरल वर्षाका कारण पोखरा महानगरपालिका २० भलाम ¥यालेचौरवेशीमा पहिरोमा परि वेपत्ता बालकको शव फेला परेको छ ।
बुधवार राती करिब सवा १२ बजे आएको पहिरोमा परी एकै परिवारका २ जनाको मृत्यु भएको थियो भने १ जना वेपत्ता र १ जना घाइते भएका थिए ।
पहिरोले घर पुरिँदा पोखरा महानगरपालिका–२० भलामका ४५ वर्षिय कृष्ण श्रेष्ठ, उनकी श्रीमति ३५ वर्षिया सुनमाया तामाङको मृत्यु भएको थियो ।
उनको ३ वर्षका छोरा सन्तोष वेपत्ता भएका थिए । उनको शव शुक्रवार दिउसो १ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए । यो संगै पोखरामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
यो पनि पढ्नुहोस्https://dhorpatannews.com/2021/09/65719/





