बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

८ वर्षका बालकले बचाए परिवारको ज्यान

८ वर्षका बालकले बचाए परिवारको ज्यान


  • विजय नेपाली
  • भाद्र १८ २०७८, शुक्रबार

पोखरा महानगरपालिका-२० मौजाका तेजनाथ बास्तोलाले बजारदेखि नजिक सडक पुगेका कारण सहज हुने भन्दै डेढ वर्ष अघि ¥यालेचौरवेशीमा जग्गा किने । जग्गा किनेर उनले घरपनि बनाए । घरदेखि केही पर कुखुरा फार्म समेत खोले ।

    (अगाडी पहिरो आएपछि पछाडी फोडिएको ठाउँ)

व्यवसाय गर्न र परिवारलाई गाउँबाछ वेसी झार्दै बजारको सुख दिन खोजिरहेका बास्तोला बुधवार राती उनको स्कुटरका कारण बाहिर निस्किए ।

घरभन्दा केही टाढा सुरक्षित रुपमा राति राख्ने स्कुटर पहिरोले बगाएछ । उनलाई छिमेकीले फोन गरेर स्कुटर समाएका छौ आउनुहोस भन्दै फोन गरे ।

‘दाई यता ठुलो बाढि आएको छ तपाईँको स्कुटर मैले समाएको छु । अर्कोबाटोबाट आउनुहोस् ।’ फोनमा बास्तोलालाई त्यहि भनिएको थियो ।

(पहिरो पन्छ्याउने प्रयासमा परिवार )

‘यस्सो बाहिर हेरेँ यहाँ त ठिक छ । पानीको भेलपनि सानो छ । अनि स्कुटर भएको तिर लागें’ बास्तोलाले भने । बास्तालासंगै उनकी श्रीमति पनि थिइन् । ‘हामी तल पुग्यौ, स्कुटर पुरै हिलाम्य भएको देखें ।

त्यसको दुई मिनेटमा ठुलो आवाज सुनें । घर पुग्दा त ठुलो बाढि आएको रहेछ । पहिला सानो सफा पानी थियो पछि त ठुला ठुला रुखहरुनै बगाएर ल्याएको रहेछ ।

भित्र ३ जना थिए निकै आत्तिएर बसेका थिए । घरको ढोकाबाट जान सक्ने स्थिति नै थिएन ।’ उनले भने,‘ गुहार मागौपनि को संग पारीबाट वारी आउन सक्ने स्थिति थिएन ।

त्यसमाथिपनि सुतिरहेको परिवार नै लगेछ । मेरो घरभित्र बुबा, छोरा र साला थिए ।’ वास्तोलाका बुबा ८० वर्ष पुगेका छन् । यस्तै उनका छोरा बल्ल ८ वर्षका मात्र छन् भने सालापनि ९ वर्षका हुन् ।

ढोकातिरबाट पहिरो घरभित्र पसिरहेको थियो के गर्ने कसो गर्ने भन्ने अन्योल भइरहेको अवस्थामा ३ जनाको ज्यान जोखिममा थियो कतिबेला घर जाने हो वा पहिरोमा पुरिने हो पत्तो थिएन् ।

अर्कातिर छिमेकीको आउने आशपनि थिएन । कसैले एक मुख समेत के भयो भनेर सोधिरहेका थिएनन् । तर, उनका ८ वर्षका छोराले हिम्मत हारेनन् । बालकले आफू सहित आफ्ना हजुर बुबा र मामालाई समेत बचाउन भ्याए ।

उनै बालकले घरभित्रबाट किचनहुदैँ बुबालाई गैची दिएका थिए । ‘सानो छोराको कारण परिवारका सदस्य बाचेका छन् । छोराले किचनतिरबाट गैची दियो अनि मैलै कर्सापट्टिको झ्याल फोडेर सबैलाई बाहिर निकाल्न सफल भए’ उनले थपे,‘पछाडी गएर टिन निकाल्न थालें हातभरी काटेको थियो ।

अनि गुहार मागे कसैले साथ दिएनन् । कोहिपनि आएनन् । पारीबाट आउनसक्ने स्थितिपनि थिएन अनि उता माथिपनि मान्छे नै लगेको भएर उतै गए यताकालाई एउटा गल माग्दा समेत सहयोग गरेनन् ।

पहिले ज्यान जोगायौँ पछि बल्ल अन्य सामान झिकेर लग्यौ ।’ उनीहरुले रात स्थानीय आमा समूहको भवनमा कटाएका थिए । विहान भएपश्चात उनीहरु घर पुगेका थिए ।

तर, घरमाथि २ जनाको मृत्यु र एक बालक वेपत्ता भएको भन्ने थाहापाएपछि उतै खोज्न तर्फ लागे । पछि आर्मी सहितको टोली घटनास्थलमा खोजका लागि आएपछि उनी घरतर्फको पहिरो पन्छाउन लागिपरे ।

उता राती अन्त पहिरो गएको फोनमार्फत जानकारी पाएका राजकुमार पौडेलले ¥यालेचौरमा इतिहासकै पहिलोपटक ठुलो पहिरो गएको बताए ।

 (पहिरोले पुरिएको धान निकाल्दै किसान )

उनले आफूहरु भागेर ज्यान जोगाउन सफल भएको सुनाए । ‘यो ठाउँमा यतिठुलो पहिरो गएको पहिलो पटक हो । यहाँ पहिरो जाला भन्ने कुनै दिन संका थिएन्’ उनले भने । राती रिबबहादुर केसीले फोन गर्दै आफ्नो घर नजिकै पहिरो गएको बताउँदै सचेत हुन भनेका थिए ।

रातको करिब पौने १२ बजेको समयमा फोन आएपश्चात पौडेल बाहिर निस्केर चारैतिर हेरिरहेका थिए । बाटोमा समेत पानी सामान्य रहेको उनले बताए । हामी के भएको रहेछ भनेर हेर्न तल गएका थियौं ।

फर्किएर आउँदा माथिबाट ठुलो आवाजमा पहिरो झरेको देख्यौँ । माथि पहिरो तल हामी थियौ भागेर ज्यान जोगाएका हौं’ उनले भने । पौडेल सहित ७ जनाले भागेरै ज्यान जोगाएका थिए ।


वडामा ठुलो जनधनको क्षति भएको वडा अध्यक्ष सिम गुरुङले जानकारी दिए उनले मानविय सहित चौपाय, विद्यालय लगायत भौतिक क्षति भएको बताए । ‘पोखराको सबैभन्दा बढि प्रभावित हाम्रै वडा भएको छ ।

ठाउँठाउँमा पहिरो गएको छ कतै बाटो समेत अवरुद्ध भएको छ’ उनले भने । पिडितलाई राहतको काम छिटै गराउने उनले जानकारी दिए ।

(तस्विर ः ढोरपाटनका लागि विजय नेपालीले खिचेका हुन् । )

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->