
बागलुङ/ करोडौं खर्चिँदा समेत पहिरोले क्षति पु¥याएको सडक मर्मत हुने सम्भावना नरहेको भन्दै बागलुङको दक्षिण जोड्ने सडकको वैकल्पिक मार्ग खोजी हुन थालेको छ । बागलुङ–कुश्मीशेरा सडकअन्र्तगत बागलुङ नगरपालिका–१० एक्लेसालमा पहिरो तर्काउने गरी वैकल्पिक मार्गको खोजी थालिएको हो ।
काठेखोलामा रहेको पक्की पुलदेखि दक्षिणतर्फबाट पहिरो तर्काउने गरी वैकल्पिक मार्ग निर्माणका लागि बिहिबार सरोकारवालाले अध्ययन गरेका छन् । अक्षतेबाट गलुवा निकाल्ने गरी वैकल्पिक सडक बनाउनुपर्नेमा सरोकारवालाको जोड थियो । प्रतिनिधिसभा सदस्यहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, प्रशासन कार्यालय र सरोकारवाला कार्यालयका प्रतिनिधिसहितको समुहले बिहिबार पहिरो निरीक्षण गर्दै वैकल्पिक मार्गको बारेमा स्थलगत अध्ययन गरेका हुन् ।
|
यहाँ एउटै पहिरोले तीन वटा सडकको चार ठाउँमा क्षति पु¥याएको छ । असार १ गतेबाट निरन्तर बगिरहेको पहिरोले ठुलो गल्छी बनाएकाले सडक मर्मत गर्न कठिन रहेको पूर्वाधार कार्यालय बागलुङका प्रमुख इञ्जिनियर शोभियत खड्काले बताए । ‘यहाँको माटो र ढुंगाको प्रकृति बग्ने खालको छ पानीको व्यवस्थापन नभएकै कारण ठुलो क्षति व्यहोर्नुप¥यो’ खड्काले भने ‘यहाँ करोडौं खर्चे पनि हिउँदको लागि मात्रै हुन्छ सडक, अर्को बर्षामा उस्तै हो ।’ पहिरो नियन्त्रणका लागि उपाय नरहेकाले पनि पहिलेकै अवस्थामा सडक सञ्चालन गर्ने अवस्था नरहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।
‘बेस घटाएर तत्कालका लागि खुलाउन सकिन्छ तर दिगो हुने देखिएन्, माथीसम्म जमिन चर्किएको छ, अझै पहिरो गहिरो हुने सम्भावना छ’ पौडेलले भने । अवलोकनाका लागि पुगेका प्राबिधिकहरुले पहिरोको भौगर्भिक अध्ययन हुनुपर्ने सुझाव दिए । ‘हामीले मात्रै भनेर हुँदैन्, यहाँको भुगोलको अवस्था राम्रोसँग जानकारी लिएर मात्रै विकल्पको बिषयमा खोज्नु पर्छ’ इञ्जिनियर मनोज शर्माले भने ‘दिगो हुनेगरी काम गर्न सडकको ट्रयाक परिवर्तन गर्नुपर्ने देखियो ।’
जिल्ला प्रशासन कार्यालयले भूगर्भ विभागलाई पत्राचार गरेर अध्ययनको लागि अनुरोध गर्ने जनाएको छ । ‘हामी पत्र लेख्छौं, यहाँको भुगोलको अवस्थाको बिषयमा अध्ययन गर्न भन्छौं’ प्रजिअ शिव कुमार कार्कीले भने ‘सडक बनेको लामो समय भयो, अहिले पहिरो किन गहिरिएर गयो भन्ने बिषयमा अध्ययन हुन जरुरी छ ।’ पहिरो खसेको क्षेत्रमा आउने भल बाढी तर्काउने बिषयमा समेत अध्ययन भैरहेको कार्कीले बताए ।
पहिरोले कालीगण्डकी करिडोरको बागलुङ बलेवा खण्ड र त्यसको बैकल्पिक मार्गमा क्षति पु¥याएको छ । एक्लेशालहुँदै भकुण्डे जाने सडक कामै नलाग्ने गरी भत्किएको छभने बागलुङ कुश्मीशेरा सडकमा दुई ठाउँमा गहिरो गल्छी बनाएको छ । पहिरोका कारण असार १ गते यता दक्षिण क्षेत्र बेला बेलामा सडक सम्पर्कबिहिन हुने गरेको छ ।





