आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

अफगानिस्तानमा मुल्लाह हसनको नेतृत्वमा अन्तरिम सरकार घोषणा

अफगानिस्तानमा मुल्लाह हसनको नेतृत्वमा अन्तरिम सरकार घोषणा


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०७८, मंगलबार

काबुल – तालिबानले मोहम्मद हसन अखुण्डको नेतृत्वमा अफगानिस्तानको अन्तरिम सरकार घोषणा गरेको छ । आज बेलुका मन्त्रिपरिषद्का केही मन्त्रीहरुको नाम सार्वजनिक गरिएको छ ।

अब्दुल घानी बरदार उपप्रधानमन्त्री, सिराजुद्दिन हक्कानी गृहमन्त्रीमा नियुक्त भएको तालिबान प्रवक्ता जाबिल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।

मुल्लाह ओमारका छोरा मुल्लाह मोहम्मद याकुबलाई रक्षामन्त्री बनाइएको छ । तालिबान बाहेकका अन्य पक्षबाट पनि मन्त्रिपरिषद्मा समावेश गर्न व्यापक माग भैरहेपनि नयाँ क्याबिनेटमा अन्यको नाम समावेश गरिएको छैन । विदेशमन्त्रीमा मुल्लाह आमिर खान मुत्ताकी छन् ।

यो सरकारलाई कामचलाउ अर्थात अन्तरिम सरकार भनिएको छ । अगस्ट १५ मा काबुललाई नियन्त्रणमा लिएपछि पहिलोपटक तालिबानले सरकारको घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->