बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

एमसीसीका प्रतिनिधि र केपी ओलीबीच बालकोटमा भेटवार्ता

एमसीसीका प्रतिनिधि र केपी ओलीबीच बालकोटमा भेटवार्ता


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०७८, बिहिबार

काठमाडौं – अमेरिकी  सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले काठमाडौंमा भेटघाट थालेकी छन्।

उनले सबैभन्दा पहिलो भेट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेकी छन्। ओलीलाई भेट्न सुमार दिउँसो उनको निवास बालकोट पुगेकी हुन्।

उनीसँगै एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि छन्।

अध्यक्ष ओली र सुमारबीचको भेटमा नेकपा एमालेका नेताहरू बिष्णु रिमाल र राजन भट्टराई पनि सहभागी भएका छन्।

यसअघि बुधबारमात्रै एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले एमसिसी पारित गर्ने जिम्मा आफूहरूको नभएको बताएका थिए। ओली सरकार हुँदा एमसिसी संसदमा पेश भएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवासँग उनको भेट शुक्रबारका लागि तय भएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->