पोखरा, २४ भदौ– त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जारी नेपाल बंगलादेश मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले पहिलो हाफ २ गोलको अग्रता लिएको छ ।
नेपालका लागि डेब्यु गरेकी फरवार्ड सविता राना मगर र मिडफिल्डर प्रीति राईले गोल गर्दै अग्रता दिलाइका हुन् । खेलको १३ औं मिनेटमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन् ।
२३ औं मिनेटमा अर्का सब्सिच्युट मिडफिल्डर प्रीति राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । राष्ट्रिय टोलीले फिफा क्यालेन्डरमा पहिलोपल्ट दशरथ रंगशालामा खेल्ने अवसर पाउदा सविता र प्रीतिले पहिलो रोजाईमा खेल्दै सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् ।





