पोखरा, २४ भदौ–त्रिपुरेश्वर दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–१ गोलले हराउँदै जीत हात पारेको छ । पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा भने १ गोल खान पुग्यो ।
नेपालका लागि डेब्यु गरेकी फरवार्ड सविता राना मगर र मिडफिल्डर प्रीति राईले गोल गर्दै अग्रता दिलाइका हुन् । खेलको १३ औं मिनेटमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन् ।
२३ औं मिनेटमा अर्का सब्सिच्युट मिडफिल्डर प्रीति राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । राष्ट्रिय टोलीले फिफा क्यालेन्डरमा पहिलोपल्ट दशरथ रंगशालामा खेल्ने अवसर पाउदा सविता र प्रीतिले पहिलो रोजाईमा खेल्दै सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् ।
बंगलादेशको लागि ८३औं मिनेटमा थोउरा खातुनले मैदान प्रवेश गरेको पहिलो मिनेटमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याइन् । उनले ८२औं मिनेटमा मोसामत सोप्नाको स्थानमा प्रवेश गरेकी थिइन् ।





