बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

भरियालाई बोकाएर अक्सिजनको जोहो

भरियालाई बोकाएर अक्सिजनको जोहो


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०७८, शुक्रबार

बागलुङ/ अस्पतालमा कोरोना संक्रमण भएका बिरामी बढेका छन् । सघन उपचार कक्षमा रहेका तीन जना बिरामीको लागि उच्च गतिमा अक्सिजन दिनुपर्छ । विद्युत आपूर्ती अनियमित भएकाले अस्पतालको प्लान्टले राम्रोसँग अक्सिजन उत्पादन गर्दैन् । पोखराबाट सिलिण्डर भरेर ल्याउन मध्यपहाडी लोकमार्गमा एक साता पहिले खसेको पहिरोका कारण समस्या छ ।

अक्सिजनको अभाव हुन नदिन अस्पताल प्रशासनले वैकल्पिक मार्गबाट सिलिण्डर भरेर ल्याउन थालेको छ । पोखराबाट स्याङ्जाहुँदै पर्वतको कटुवाचौपारी ल्याईएका सिलिण्डर बोकेर पर्वत सदरमुकाम कुश्मामा ल्याईएको हो । सशस्त्र प्रहरीको सहयतामा कुश्मामा ल्याईएका सिलिण्डर त्यहाँबाट सवारीको सहयतामा बागलुङ पुर्याएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट शैलेन्द्र बिक पोखरेलले बताए ।

अस्पतालमा अक्सिजन अभाव हुन नदिन डा. पोखरेल आँफै खटेका छन् । ‘राती १२ बजेसम्म दुई जनाले एउटा सिलिण्डर बोकेर पहिरो छलियो, सशस्त्र प्रहरीले सघाउनुभयो’ पोखरेल भन्छन् ‘केही दिन त स्टक सिलिण्डरले धाने, बाटो खुल्ने छाँट नदेखेपछि बोकेरै भएपनि सिलिण्डर भरेर ल्यायौं ।”

अस्पतालले बुधबार मात्रै ३५ वटा ठुलो सिलिण्डर पोखराबाट भरेर ल्याएको छ । पोखराका कम्पनीहरुले गाडी पठाउन नसकिने जनाएपछि पर्वतबाटै सिलिण्डर बोक्ने गाडी स्याङ्जाको बाटो पठाईएको थियो । कुश्मामा सिलिण्डर निकाल्न सबैभन्दा धेरै समस्या भएको पोखरेल बताउँछन् ।

सघन उपचार कक्षमा मात्रै होईन अस्पतालको आईसोलेसनमा समेत कोरोनाका बिरामी उपचाररत छन् । त्यहाँ रहेका चार जनालाई समेत अक्सिजनको अवश्यकता हुँदा समस्या नहोस् भनेर आँफै खटेर काम गरिरहेको पोखरेल बताउँछन् । ‘अभावनै होला जस्तो भयो, अफ्ठेरो परेका बेला प्रहरीले सहयोग गरेको छ’ उनले भने ‘शुक्रबार पनि खाली सिलिण्डर बोकाएरै पठाएका छौं, अब त बाटो पनि खुल्ला ।’ कोरोनाका बिरामीका अलावा शल्यक्रिया गरेका अन्य समस्याका बिरामीलाई समेत अक्सिजनको आवश्यकता हुन्छ ।

अस्पतालमा भरेर राखेका सिलिण्डरको रिप्लेस नहुँदा संकट आउने भन्दै बिकल्पको खोजी गर्न थालेको अस्पताल प्रशासनले जनाएको छ । २० जना बिरामीलाई पुग्ने अक्सिजन अस्पतालमै रहेको प्लान्टबाट उत्पादन हुने भएपनि पहिरोकै कारण ठाउँ ठाउँमा क्षति भएको बिद्युतको प्रसारण लाईन अनियमित हुँदा राम्रोसँग चल्दैन् । नयाँ प्लान्ट स्थापनाका काम अघि बढेको भएपनि प्लान्ट ल्याउन ढिलाई हुँदा पोखराबाट अक्सिजन भरेर ल्याउने गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->