काठमाडौं – नेकपा (एमाले)को अवरोधबीच प्रतिनिधिसभाको बैठकमा आर्थिक अध्यादेश टेबुल भएको छ ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव टेबुल गरेका हुन् ।
अवरोधका बीच बैठकमा अर्थमन्त्री शर्माले प्रस्तुत गरेको आर्थिक अध्यादेश २०७८ पारित भएको छ ।
अर्थमन्त्री शर्माले सो विधेयक निर्णयार्थ पेश गरेका थिए ।
एमालेका सांसदहरूले प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरिरहेका छन् ।





