बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

डा.कपिल अधिकारी गण्डकी विश्वविद्यालयको डिन

डा.कपिल अधिकारी गण्डकी विश्वविद्यालयको डिन


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०७८, शुक्रबार

पोखरा – गण्डकी विश्विद्यालयको डिनमा डा.कपिल अधिकारी नियुक्त भएका छन । विश्वविद्यालयद्वारा डिन नियुक्तीका लागि उपकुलपति प्रा.डा.नवराज देवकोटा संयोजकत्वमा गठित समितिले डा.अधिकारीलाई डिनमा नियुक्त गरेको हो ।

डा. अधिकारीले नियुक्तिसंगै शुक्रबार पदवहाली समेत गरेको उपकुलपति देवकोटाले जनाएका छन । गण्डकी विश्वविद्यालयको स्थापनाको दुई वर्ष पनि नपुग्दै विश्वविद्यालयको कुलपति, उपकुलपति, रजिष्ट्रार,

केही प्रध्यापक र कर्मचारी हुँदै साइन्स एण्ड टेक्नोलोजी (विज्ञान तथा प्रविधि संकाय) को डिन पदमा राष्ट्रिय प्रतिष्पर्धाबाट डा अधिकारीलाई छनोट गरिएको उपकुलपति देवकोटाले बताए ।

गण्डकी विश्वविद्यालयले ३ विषयमा अध्ययन अध्यापन शुरु गर्ने जानकारी दिंदै उपकुलपति देवकोटाले आश्विन १७ गते बाट अध्ययन अध्यापन शुरु गर्ने बताए ।

विश्वविद्यालयले नेपालमा नै पहिलो पटक शुरु गरेको स्नातक तहमा खेलकुद व्यवस्थापन विषयक लेखनाथ भण्डारढिक स्थित नेपाल आदर्श माविमा शुरु गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->