आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

अमेरिकी सैनिक क्याम्पलाई लक्षित गरी इराकमा ड्रोन आक्रमण

अमेरिकी सैनिक क्याम्पलाई लक्षित गरी इराकमा ड्रोन आक्रमण


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०७८, आइतबार

काठमाडौं –  उत्तरी इराकको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै अमेरिकी सैन्य क्याम्प नजिकै ड्रोन आक्रमण भएको छ ।

सुरक्षा बलले दिएको जानकारी अनुसार इराकको कुर्दिस प्रान्तको राजधानी सहर एर्बिलस्थित विमानस्थलनजिकै शनिबार उक्त आक्रमण भएको हो ।

यसअघि आन्तरिक सुरक्षा बलले भने विमानस्थलनजिकै तीनओटा रकेट आक्रमण भएको बताएको थियो ।

अर्को एक विज्ञप्तिमा कुर्दिस सुरक्षा बलले यो आक्रमण ड्रोनमा विष्फोटक सामग्रीको प्रयोग गरी गराइएको बताएको छ । अहिलेसम्म यो घटनामा कसैको हताहती भएको समाचार भने आएको छैन ।

प्रत्यक्षदर्शीहरुका अनुसार शनिबार उक्त क्षेत्रमा कम्तीमा ६ वटा विष्फोटको आवाज सुनिएको थियो ।

पछिल्लो एक वर्षमा एर्बिलको विमानस्थलमा धेरैपटक आक्रमण भएको छ । जसमा केही आक्रमण ड्रोनको प्रयोग गरेर गरिएको थियो ।

अमेरिकी अधिकारीले इराकको सिया समुदायका मुस्लिम संगठनले उक्त आक्रमण गरेको आरोप लगाउँदै आएका छन् ।

यद्यपि, यो घटनाको जिम्मेवारी भने कसैले लिएको छैन । अहिले इराकमा आतंकवाद विरोधी कार्यक्रम अन्तर्गत २५ सय अमेरिकी सेना इराकमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->