बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

सदनको गतिरोध अन्त्य गर्न सभामुखले बोलाए सर्वदलीय बैठक

सदनको गतिरोध अन्त्य गर्न सभामुखले बोलाए सर्वदलीय बैठक


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०७८, आइतबार

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । लगातार प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद् बैठकमा नाराबाजी गरेपछि सभामुख सापकोटाले सदनको गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

‘सभामुखज्यूले भोलि (२८ भदौ बुधबार) दिउँसो साढे २ बजेका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षरप्रमुखसँग समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ’, सभामुखको प्रेस संयोजक श्रीधर न्यौपानेले भने ।

एमाले विभाजनमा सभामुखको भूमिका रहेको भन्दै एमाले सांसदहरूले बुधबार, बिहीबार र आइतबार गरी तीन दिनको बैठकमा नाराबाजी गरेर अवरोध सृजना गरेका छन् ।

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्नुपर्ने, सभामुखले माफी माग्नुपर्ने एमालेको माग छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->