पोखरा – नेपाली महिला राष्ट्रिय फुटबल टोली र बंगलादेश बिचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल बराबरी सकिएको छ
।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको दोस्रो खेल गोलरहित बराबरीमा सकिएको हो । बिहीबार भएको पहिलो मैत्रीपुर्ण खेलमा नेपालले २–१ को जित निकाले पनि दोस्रो खेलमा भने बराबरीमै रोकिन पुग्यो ।
डेब्यु खेलमै सविता रानामगर र प्रीति राईको नेपालको लागि गोल गरेकी थिइन् । नेपालले बंगलादेशसँग दोस्रोपटक बराबरी खेलेको थियो । दुवै टोलीले केही आक्रमणको प्रयास गरेपनि सफलता हात पार्न सकेनन् ।
प्रतिस्पर्धात्मक बनेको खेलको छैटौ मिनेटमा गोलरक्षक अन्जना रानामगरको गल्तीमा श्रीमोती सरकारले बल खोस्दै गरेको क्रसमा पेनाल्टी बक्समा मोस्सामत सोप्नाले सुवर्ण अवसर पाएपनि प्रहार गर्न ढिला गर्दा आँफैले फल गर्न पुगिन् ।
नवौं मिनेटमा अमृता जैशीको भली प्रहारलाई बंगलादेशकी गोलरक्षक रुप्ना चक्माले दोस्रो प्रयासमा नियन्त्रणमा लिइन् । लगत्तै १०औं मिनेटमा सरु लिम्बुको प्रहारलाई गोलरक्षक चक्माले पञ्च गर्दै चाउँदा नेपाल अग्रता लिनबाट चुक्यो ।
२०औं मिनेटमा रश्मी कुमारी घिसिङको पासमा सरु लिम्बुले पेनाल्टी बक्स नजिकै अवसर पाएपनि मसुरा परभिनले क्लियर गरिदिइन् । ३०औं मिनेटमा श्रीमोती सरकारको पेनाल्टी प्रहार क्रसबारमा लागेर बाहिररिदा नेपालको संकट ट¥यो ।
६७औं मिनेटमा बंगलादेशकी कप्तान सविना खातुनको फ्रिकिकलाई नेपाली गोरलक्षक अन्जना रानामगरले सहजै नियन्त्रणमा लिइन् । उज्वेकिस्तानमा आयोजना हुने एएफसी कप २०२२ छनोटअघि नेपाल र बंगलादेशसँग मैत्रीपुर्ण खेल खेलेको हो ।





