पोखरा,२८ भदौ– पोखरामा लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण व्युरो कास्कीको टोलीले लागु औषध कारोबार भइरहेको भन्ने सुचनाको आधारमा दुई युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका ६ हल्लनचोकका २३ वर्षिय प्रशान्त परियार र पोखरा १ सिम्पानीका २० वर्षिय अश्विन गुरुङ रहेका छन् ।
उनीहरुको साथबाट ७ सय मिलिग्राम ब्राउन सुगर र २ थान मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए ।
उनीहरु विरुद्ध लागुऔषधको मुद्दा लगाई थप अनुसन्धान भइराखेको हमालले जानकारी दिए ।





