बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आमसंचार विधेयकविरुद्व पत्रकार महासंघ बागलुङको विरोध

आमसंचार विधेयकविरुद्व पत्रकार महासंघ बागलुङको विरोध


  • ढोरपाटन संबाददाता
  • असोज १ २०७८, शुक्रबार

बागलुङ/ गण्डकी प्रदेश सरकारले ल्याएको आमसंचार सम्बन्धी बिधेयकको नेपाल पत्रकार महासंघ बागलुङले बिरोध गरेको छ ।
हालै संसदमा दर्ता गरेको ‘गण्डकी प्रदेशमा आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक’ले प्रेस स्वतन्त्रता कुष्ठित पार्न खोजेको आरोप लगाएर महासंघले बिरोध गरेको हो । शुक्रवार विज्ञप्ती प्रकाशित गरेर महासंघले बिधेयकमा उल्लेखित बुँधा संशोधन नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।

विधेयकमा उल्लेखित केही बुँदाले नेपालको संविधान २०७२ले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथी प्रहार गरेको टिप्पणी भएको छ । विधेयकमा घुमाउरो तरिकाबाट अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथी अँकुश लगाई नागरिकलाई सूचनाको हकबाट बञ्चित गरिएको बताइएको छ । छापाखाना तथा प्रकाशन सम्बन्धी ऐनमा भएका व्यवस्था विपरित दर्तामा कडा प्रावधान, आचार संहिता उल्लंघनका नाममा कैद र जरिवाना तोक्ने, मुद्धाको सुरु कार्वाही र किनारासम्मका विवादास्पद प्रावधान विधेयकमा समावेश गरिएकोले बिरोध गर्नु परेको महासंघका सचिव बिजय रानाले बताए । सचिव राना र अध्यक्ष नरेश कंडेलले हस्ताक्षर गरेर बिज्ञप्ती प्रकाशित भएको छ ।

स्वतन्त्र पत्रकारिताको मूल मर्म माथी प्रहार हुने गरि तयार गरिएको यो विद्येयकले सिङ्गो लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथी नै प्रहार गरेको समेत महासंघले ठहर गरेको बताइएको छ । उक्त बिधेयक तत्काल सच्याउन माग गर्दै नसच्याए नेपाल पत्रका महासँघ चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिइएको रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->