बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

हाटबजार नहँुदा किसान र उपभोक्ता दुवै मारमा

हाटबजार नहँुदा किसान र उपभोक्ता दुवै मारमा


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०७८, आइतबार

बागलुङ/ बागलुङमा कृषि हाट बजार तथा थोक बजार सञ्चालन नहुदा कृषक तथा उपभोक्ता दुवै मारमा परेका छन् । बागलुङमा अहिले पोखरा, चितवनलगायतको ठाउँबाट तरकारी लगायत कृषिजन्य वस्तु आयात हुन्छ ।
जिल्लामा हाट बजार तथा थोक बजार नहँदा नत कृषकले उत्पादित वस्तुको राम्रो मूल्य नै पाएको छन् न उपभोक्ताले सस्तोमा कृषक वस्तु नै खरिद गर्न पाएका छन् । जिल्लामा अहिले कृषि वस्तुको मूल्यबृद्धि हुनुको कारण नै हाट बजार तथा थोक बजार सञ्चालनमा नहुनु रहेको स्थानीय कृषकहरुले गुनासो गरेका छन् ।

बागलुङका कृषक कोपिल बुढाथोकीका अनुसार जिल्लामा मासुको मुल्यमा एक–एक हप्तामा अनुकुलता हेरेर थपघट गरिन्छ, तर कृषि उत्पादनमा मूल्य निर्धारण गर्ने सरोकारवाला निकाय मौन देखिन्छन् ।
‘कृषकबाट ६० रुपैयाँमा खरिद गरिएकोे टमाटर उपभोक्ताले खरिद गर्दा १ सय १० रुपैयाँमा सम्म पर्ने गरेको छ । कृषकले बेच्ने मूल्य र उपभोक्ताले खरिद गर्ने मूल्यमा यति धेरै भिन्नता छ’, उनले भने, ‘विचौलियाले सस्तोमा खरिद गरी बढी मूल्यमा बिक्रि गर्दा उत्पादक तथा खरिदकर्ता दुबै मारमा परिरहेको छन् ।’

कृषक सरिता थापाका अनुसार जिल्लामा थोक बजार नहँुदा बजारका बिभिन्न चोकमा एउटै तरकारीको पनि फरक फरक मूल्य छ । ‘मूल्य निर्धारण गर्ने कसले हो ?’,उनको प्रश्नसहित भनिन्‘ यदि अन्य ठाउँमा जस्तै यहाँ पनि एउटै मूल्य निर्धारण गर्ने हो भने हामीे घरमै आउने व्यापारीलाई पनि रोकेर थोक बजारमा वस्तु बिक्री गर्न तयार छौं ।’

शनिबार बागलुङमा भएको कृषि हाट तथा थोक बजार संचालनसम्बन्धी अन्तरक्रियामा बोल्दै कृषि ज्ञान केन्द्र बागलुङका कार्यालय प्रमुख भानुभक्त भट्टराईले कृषकका सबै गुनासाको सम्वोधन गरिने बताए । ‘यहाँ कृषकका मुल्य पाएनौ भनेर गुनासो छ, उपभोक्ताको मूल्य बढी प¥यो भन्ने गुनासो छ, व्यापारीको पनि आफ्नै गुनासो छ’, उनले भने, ‘हाटबजारले संचालन गर्दा जिल्ला भित्र तरकारीको मूल्यमा एकरुपता तथा कसैलाई पनि समस्या नपर्ने गरि सबैलाई मिल्ने गरी निर्णय गर्ने तयारी अगाडी बढाएका छौं ।’

बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले कृषक र व्यापारीबीच सहकार्यमा जोड दिए । कार्यक्रम जिल्ला कृषि सहकारी संघका अध्यक्ष नरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा धनबहादुर कार्कीे, गंगबहादुर थापाले पनि बोलेका थिए । देशका ६६ जिल्लामा अहिले हाट बजार सञ्चालनमा छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->