बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

ढुंगाले हानेर सुन लुटियो !

ढुंगाले हानेर सुन लुटियो !


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०७८, मंगलबार

पोखरा/ पोखरामा महिलालाई वेहोस बनाइ कानमा लगाएको १ तोला सुन लुटिएको छ । पोखरा महानगर ३२ कि मरियम गुरुङ घाँस काट्न जाने क्रममा अन्दाजी २२ वर्षका युवाले ढुंगाले प्रहार गरी बेहोस बनाएर कानमा लगाएको सुनको मुन्द्रा लुटिएको महिलाले बताएकी छन् ।

गुरुङका अनुसार पहिला छातीमा ढुंगा प्रहार गरिएको हो । ४८ वर्षीया गुरुङलाई घरभन्दा करिब १ सय मिटर टाढा ढुंगाले हानेर बेहोस बनाएर सुन लुटिएको हो । पीडितको छोरी फातिमा खातुनले दुवै कानमा लगाएको मुन्द्रा थुतेर लगेको जानकारी दिइन् ।

घाइतेको दिएको बयान अनुसार पहिला छातिमा ढुंगाले हानेर बेहोस बनाएको थियो । ढुंगाले हान्ने बेलामा नै मरियम गुरुङले हातमा चक्कु लिएको बयान दिएकी छन् । स्थानीयले देखेर परिवारलाई खबर गरेको खातुनले जानकारी दिइन् ।
रातोमा सेतो धर्का भएको सर्ट लगाएका पातलो पुरुषले हिर्काएको देखिएको घाइतेको दिदी जरिना गुरुङले जानकारी दिइन् । घाइते महिलाको अहिले पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भएको छ । घाइतेको आफन्तले ईलाका प्रहरी कार्यालय डाँकाको नाकमा घटनाको विषयमा उजुरी दिएका छन ।

मरियमको ज्वाइँ मसुद आलमले उक्त घटनाले गाउँभरि त्रास फैलिएको बताए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले एकान्त ठाउँमा सुन चोरी भएको बताए । ‘घाइतेका अनुसार पहिला ढुंगा प्रहार गरिएको छ । त्यसपछि कानको मुन्द्रा थुतेर फरार भएको पाइयो । अनुसन्धान चलिरहेको छ,’ उनले भने । हाल सुन लुटिएको भनिएका व्यक्ति भने फरार छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->