बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सर्पले डसेर पाँच बर्षिय बालकको मृत्यु

सर्पले डसेर पाँच बर्षिय बालकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०७८, मंगलबार

बागलुङ/ सर्पले डसेर बागलुङको बरेङमा एक बालकको मृत्यु भएको छ । बरेङ गाउँपालिका–३ नयाँ बजारका रिमबहादुर खत्रीका पाँच वर्षीय छोरा अनुप खत्रीको सर्पको सडाईबाट मृत्यु भएको हो । खत्री जनता प्राविको कक्षा एकमा अध्ययनरत विद्यार्थी हुन् । उनलाई विद्यालयको कक्षा कोठामानै सर्पले डसेको प्रहरीले जनाएको छ । घाईते खत्रीलाई उपचार गर्न गुल्मीको शान्तिपुर लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक अमृत कुँवरले जानकारी दिए ।

सुरुमा केले टोक्यो भन्ने थाहा नभएको र कक्षा कोठाबाट सर्प बाहिर निस्केपछि मात्र सर्पले टोकेको पहिचान भएको विद्यालयले जनाएको छ ।
सर्पले डसेपछि बिरामी खत्रीको अबस्था जटिल हुँदै गएपछि नजिकको स्वास्थ्य चौकीमा जाँदा शरीरमा अक्सिजनको मात्रा कमी देखिएको थियो । गुल्मी शान्तिपुरको एक अस्पताल पु¥याउँदा उनको मृत्यु भैसकेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->