बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

लेउवा संघमा नयाँ नेतृत्व चयन

लेउवा संघमा नयाँ नेतृत्व चयन


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०७८, बुधबार

पोखरा/ लेखनाथ उद्योग वाणिज्य संघको शनिबार भएको मतदानको मतगणना सकिएको छ । अन्तिम नतिजाअनुसार ८ सय १ मतसहित वरिष्ठ उपाध्यक्षमा विनोद श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिस्पर्धी भरतकुमार अधिकारीलाई ५८ मतले पछि पारेका हुन् ।

श्रेष्ठलाई एमाले र माओवादी केन्द्र निकट व्यवसायीले साथ दिएका थिए भने अधिकारीलाई कांग्रेस निकट व्यवसायीले समर्थन गरेका थिए । त्यस्तै, संघको प्रथम उपाध्यक्षमा ८ सय ५७ मतसहित राजेन्द्र ओझा विजयी भएका छन् । उनले प्रकाशलाल श्रेष्ठलाई १ सय ५२ मतान्तरसहित पराजित गरेका हुन् ।

संघको द्वितीय उपाध्यक्ष पदमा गोपिचन्द्र बास्तोला विजयी भएका छन । उनले कुल सय ८ सय ५३ मत ल्याएका थिए । प्रतिस्पर्धी शैलेन्द्रमोहन भटराईले भने ७ सय ६ मत ल्याएका थिए । संघको महासचिवमा सर्वाधिक १ हजार १९ मतसहित उपेन्द्रराज सुवेदीले जितेका छन् । उनका प्रतिद्वन्द्वी मेनका श्रेष्ठले ५ सय ५० मत ल्याएकी थिइन् ।

त्यस्तै, उपमहासचिवमा जानुका अधिकारी विजयी भएकी छन् । उनले कुल ९ सय ३३ मत ल्याउँदै प्रतिस्पर्धी धीरजकुमार श्रेष्ठलाई पराजित गरेकी हुन् । श्रेष्ठले ६ सय ३३ मत प्राप्त गरेका थिए । संघको कोषाध्यक्ष पदमा ७ सय ५७ मतसहित भरतराज ओझा विजयी भएका छन् । ओझाले विपक्षी रामजी पौडेललाई ९५ मतको फरकले पराजित गरेका हुन् ।

यस्तै, खुलातर्फ उम्मेदवारी दिएकामध्ये ८ जना सर्वाधिक मतसहित विजय भएका छन् । विजय हुनेहरुमा विक्रम कर्माचार्यले ९ सय ५८, बुद्धिप्रसाद बास्तोलाले ८ सय ९२, धु्रवबाबु भटराईले ८ सय २४, ईन्दिरा रोकाले ७ सय ९४, जीवन तिवारीले ७ सय २१, पुष्पमणि भण्डारीले ६ सय ७५, भरत थापाले ६ सय ७१ र हरि बस्ताकोटीले ६ सय २९ मत प्राप्त गरेका थिए ।

महिला सदस्यमा उम्मेदवारी दिएका ५ जनामा गंगा कुमारी मल्लले ८ सय ९५ र रञ्जना बरालले ७ सय ९१ मत प्राप्त गरी विजयी भएका छन् । संघको १३ औं महाधिवेशनमा यसअघि नै अध्यक्ष पदमा छत्रधर आत्रेय, संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एसोसियट सदस्यमा मेघराज पौडेल निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->