बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

होला त फेरि मुख्यमन्त्री सम्मेलन ?

होला त फेरि मुख्यमन्त्री सम्मेलन ?

मुख्यमन्त्रीहरुको पोखरा सम्मेलनले जारी गरेको ८ बुँदे घोषणापत्रमा उल्लेख गरिएको प्रदेश प्रहरी गठन अझै हुन सकेको छैन ।


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०७८, बिहिबार

पोखरा/ २०७५ भदौको तेस्रो साता पोखरामा भएको मुख्यमन्त्रीहरुको भेलाका आकर्षणका केन्द्र थिए, प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु रावत । संघ सरकारविरुद्ध मुद्दा नै गरेका, प्रदेश प्रहरी भर्ना नै खोलेका तर केन्द्रको हस्तक्षेपले पछि सरेका उनले पोखरामा पनि संघीयताको पक्षमा दमदार भाषण ठोके । त्यो बेला उनले भनेका थिए, ‘प्रदेश नचाहँदा–नचाहँदै जन्मेको बच्चाजस्तो भयो, बच्चाका लागि आमाबाबुको माया, प्रेम जुन चाहिन्छ त्यो भएन ।’
उनले संघीयता आएपनि अधिकार बाँडफाँडमा संघ सरकार अनुदार भएको आरोप पनि लगाएका थिए । ३ वर्षअघि मुख्यमन्त्री रावतलाई गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा निम्त्याएका थिए ।
संघीयताको पक्षमा खरो उत्रिएका पृथ्वीसुब्बा र लालबाबुको भाषा र मत मिल्यो । मुख्यमन्त्रीहरुको पोखरा सम्मेलनले ९ बुँदे घोषणापत्र जारी ग¥यो । तर, आफ्नै पार्टीका मुख्यमन्त्री गुरुङको क्रियाकलापबाट प्रधानमन्त्री केपी ओली रुष्ट बने ।

भनिन्छ, विश्वासपात्रमध्येका एक पृथ्वीसुब्बालाई उनले सुन्न छाडे । संघ र प्रदेशबीच देखिने राजनीतिक मुद्दा समाधान गर्न बनेको अन्तर प्रदेश परिषद्को बैठक नै रोकिदिए । त्यही मंसिरमा बैठक बस्यो, वित्त आयोग बनाउने सहमति गरियो तर अधिकार बाँडफाँडमा भने केन्द्रले खासै चासो दिएन ।

समस्या उस्तै छ । तर, अधिकार बाँडफाँडको मामिलामा संघ सरकार उस्तै अनुदार छ । सिडिओको अधिकार कटौती भएकै छैन । मुख्यमन्त्रीहरुको पोखरा सम्मेलनले जारी गरेको ८ बुँदे घोषणापत्रमा उल्लेख गरिएको प्रदेश प्रहरी गठन अझै हुन सकेको छैन । संयोग कस्तो भने, प्रदेश नम्बर २ का मुख्यमन्त्रीले जहाँ आएर संघ सरकारप्रति औंला ठड्याएका थिए, यहाँ यतिबेला नयाँ मुख्यमन्त्री छन् र केन्द्रमा पनि उनकै पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री ।

अहिलेका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पनि हिजोकोजस्तै समस्या समाधानको लागि मुख्यमन्त्रीहरुको भेला राख्न आफू इच्छुक भएको बताइरहँदा निम्तो मान्न पोखरा आएका रावतले सम्मेलनको प्रसंग सम्झँदै भने,त्योबेला केन्द्र र ६ प्रदेशमा कम्युनिस्ट पार्टीकै सरकार थियो, अधिकार हस्तान्तरण गर्न असहज थिएन तर त्यतिबेला प्रधानमन्त्रीज्यू प्रदेशका कुरा सुन्न नै चाहनु भएन ।’
भौतिक विकास मात्र नभएर सामाजिक रुपान्तरण हुनुपर्छ भनेर प्रदेश सरकारले महिला जागरण, बालिका सशक्तिकरण, सरसफाइजस्ता अभियान थालेको उनले बताए । विकासका सवालमा प्रदेश नम्बर २ र गण्डकीमा फरक रहेको भन्दै अनुभव आदानप्रदान गर्दै सहकार्य गर्नुपर्नेमा उनको जोड थियो ।

बुद्ध एयरको पोखरा–सिमरा उडान सुरु गर्दा गण्डकीका पर्यटनमन्त्री मणिभद्र कँडेलले प्रदेश नम्बर २ मै पुगेर रावतलाई निम्तो दिएका थिए । भ्रमणको चाँजोपाँजोचाहिँ नेपाल एसोसियसन अफ टुर्स एन्ड ट्राभल्स (नाट्टा) गण्डकीले मिलाएको हो ।

कार्यक्रममा बोल्दै गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले अधिकार बाँडफाँडमा संघीय सरकारको मानसिकता अझै पनि केन्द्रीकृत नै देखिएको बताए । राजश्वको बाडफाँटमा केन्द्रले धेरै राखेर प्रदेशलाई उपलब्ध गराउने गरेको सानो अंशले प्रदेश विकासका आवश्कताहरु पूरा हुने अवस्था नरहेको पनि उनको भनाइ थियो ।

‘ठूला विकासका कार्य अघि बढाउन जग्गा प्राप्तिको समस्या, विकास निर्माणमा बाधक विभिन्न कानुनी व्यवस्था आदिको सुधार तथा संशोधनमा पनि केन्द्र सरकारले ध्यान दिएको छैन’,उनले थपे । मुख्यमन्त्री नेपालीले मुख्यमन्त्रीहरुको छलफल कार्यक्रम पोखरामा आयोजना गर्न इच्छुक रहेको पनि बताए ।

गण्डकीका मुख्यमन्त्री पोखरेलको निमन्त्रणमा पोखरा आएको प्रदेश नम्बर २ का मुख्यमन्त्री राउत नेतृत्व टोलीले ३ दिन यस क्षेत्रमा बिताउनेछ । बुधबार दिउँसो पोखरा विमानस्थलमा मुख्यमन्त्री राउतसहितको टोलीलाई गण्डकीका पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेलले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->