बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

एकीकृत समाजवादीमा ७ उपाध्यक्ष, ३०१ केन्द्रीय कमिटी

एकीकृत समाजवादीमा ७ उपाध्यक्ष, ३०१ केन्द्रीय कमिटी


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०७८, बिहिबार

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले ३ सय १ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ। पार्टीको केन्द्रीय समितिको विहिवार समपन्न बैठकले ३ सय १ सदस्यीय केन्द्रीय कमिटी, ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्युरो बनाउने निर्णय गरेको सचिव तथा पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

केन्द्रीय समितिले महासचिवमा बेदुराम भुसाललाई चयन गरेको छ। उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथप्रसाद साह, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ र जयन्ती राई चयन भएका छन्। उपमहासचिवमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर र डा. विजय पौडेल छन्।

यस्तै, सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र राजेन्द्र राईलाई चयन गरिएको छ। पार्टीको वरिष्ठ नेतामा झलनाथ खनाल र पार्टी नेतामा मुकुन्द न्यौपानेलाई चयन गरिएको खतिवडाले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->