बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

कार दुर्घटनामा पोखराका व्यवसायी भुजेलसहित तीनजना बेपत्ता, एक घाइते

कार दुर्घटनामा पोखराका व्यवसायी भुजेलसहित तीनजना बेपत्ता, एक घाइते


  • ढोरपाटन संबाददाता
  • असोज ९ २०७८, शनिबार

पोखरा – पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५,नाग्दी खोलामा भएको कार दुर्घटनामा परी पोखरामा व्यवसायी प्रेमबहादुर भुजेलसहित लेखबहादुर भुजेल र इश्वरी भुजेल बेपत्ता भएका छन् ।

बिहीबार राति भएको दुर्घटनापछि ग२च ४९१८ नम्बरको कार त्रिशुलीमा खसेको हो भने कारमा यात्रा गरिरहेका रुद्रलाल सुवेदी घाइते भएका छन् । उनको अवस्था सामान्य छ । गाडी दुर्घटनाभएसँगै रुद्रनाथ उछिट्टिएर रुखमा अड्किएका थिए ।

हंसपुरमा जन्मेका प्रेमबहादुर पोखरा चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्ष हुन् । उनको पोखरामा कपडा व्यवसाय रहेको छ । घाइते सुवेदीलाई उधृत गर्दै पोखरा चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनारका अनुसार गाडी प्रेमले नै चलाएका थिए । अहिले हराएको गाडीको खोजी भइरहेको छ । त्रिशुलीमा गोताखोर लगाएर बेपत्ताको खोजी भइरहे पनि गाडी फेला परेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->