बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नेकपा एसको यात्रा समाजवादको हो: उपाध्यक्ष श्रेष्ठ

नेकपा एसको यात्रा समाजवादको हो: उपाध्यक्ष श्रेष्ठ

नेकपा एकिकृत समाजवादी बागलुङको जिल्ला भेला


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०७८, शनिबार

बागलुङ – नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठले अबको राजनीतिक यात्रा समाजवाद उन्मुख हुने बताएका छन् । २०६२÷०६३ को जनआन्दोलनले पुँजीबादी नोकरशाही व्यवस्थामा परिवर्तन ल्याएको भन्दै श्रेष्ठले त्यस यताका संघर्ष समाजवाद निर्माणका लागि भैरहेका बताए ।
अहिले एमालेमा विभाजन भएर नयाँ दल बनाउनुको कारण समाजबाद र नोकरशाही पुँजीवाद बिचको अन्तरद्वन्द्व रहेको भन्दै श्रेष्ठले एमालेको नवौं महाधिवेशनले दिएको म्याण्डेड पार्टीले कार्यान्वयन गर्न नसक्दा पार्टी फुटको अबस्थामा आएको बताए । नवौं महाधिबेशनका बेला पारित भएको नीति र नेतृत्वका बिच विचार बाँझिएका कारण पार्टी विभाजन भएको उनको धाराणा थियो । नेतृत्वले महाधिवेशनको म्याण्डेडलाई पछ्याउनुको साटो विधि र बिधानको खिल्ली उडाएको श्रेष्ठले आरोप लगाए ।
‘हामीले नवौं महाधिबेशनबाट नोकरशाही व्यवस्थाको अन्त्यका लागि २०६२÷०६३ मा भएको आन्दोलन र त्यहि आन्दोलनका आडमा भएको क्रान्तिले सम्भव भयो भन्यौं’ उनले भने ‘महाधिबेशनले दिएको पाँचवटा म्याण्डेड नेतृत्वले पछ्याउन नसक्दा अहिलेको अवस्था आएको हो ।’ पद र प्रतिष्ठाका लागि पार्टी विभाजन गरेको भन्ने कुरा गलत भएको भन्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिबेशनपछि तीन बर्ष पार्टीलाई विचार शुन्य बनाएको बताए ।
राष्ट्रिय सम्पत्ति दलालहरुलाई सुम्पिने, दुई तिहाइको सरकार दलालको प्रभावमा पर्नु र पार्टीभन्दा माथी व्यक्तिवादी चरित्र हाबी हुँदा पार्टी फुटेको उनको धारणा थियो । श्रेष्ठले नयाँ पार्टीले एमाले विस्थापन गर्ने भन्दै गाउँ गाउँमा कम्युनिष्ट कार्यकर्ता तयार गर्न निर्देशन समेत दिए ।
कार्यक्रममा केन्द्रिय सदस्य चुडामणी जंगली, शान्ति अधिकारी, गण्डकी प्रदेश कमिटीका सचिव प्रतापलाल श्रेष्ठ, नेताहरु रामजी प्रसाद शर्मा, श्रीप्रसाद शर्मा, महिला नेतृ सिता थापा लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->