बागलुङ – बागलुङमा स्थापित कलागौरी स्मृति अक्षय कोषबाट बागलुङका पत्रकार ताराप्रसाद शर्मा सम्मानित भएकाछन् । बागलुङको काँठेखोला गाउँपालिका– २ भिमापोखराका सहकारीकर्मी टिकाराम उपाध्यायको परिवारले स्वर्गिय बाबा कलाधर उपाध्याय र आमा गौरी उपाध्यायको स्मृतिमा स्थापना गरेको कोषबाट पत्रकार तथा सहकारीकर्मी शर्मालाई सम्मान गरिएको हो ।
बागलुङमा संचालित गुहेली संचार सहकारी संस्थाको १५ औ बार्षिक साधारणसभाको अवसरमा पत्रकारीता र सहकारीको क्षेत्रमा लामो समयदेखि काम गर्दै महत्वपूर्ण योगदान पु¥याएको भन्दै शर्मालाई पालिकाका अध्यक्ष अमरबहादुर थापा, कोषका संरक्षक टिकाराम उपाध्याय, सहकारीका अध्यक्ष खिमबहादुर कार्कीले सम्मान गरेका हुन् ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य, यातायात सहकारी संस्थाका प्रवन्धक तथा धौलागिरि एफएमका सम्पादक शर्मालाई सम्मानपत्र, दोसल्ला र नगद सहित सम्मान गरिएको थियो । सो अवसरमा स्मृति कोषबाट जेष्ठ नागरिक सन्तुराम उपाध्यायलाई पनि सम्मान गरिएको थियो ।
गुहेली संचार सहकारी संस्थाको १५ औ बार्षिक साधारणसभाको अवसरमा लामो समय तत्कालिन डिभिजन सहकारी कार्यालयमा कार्यरत कर्मचारी एवं हाल मालपोत कार्यालय बुर्तिवाङका अधिकृत डिलबहादुर केसी, काँठेखोला गाउँकार्यपालिका सदस्य टिकासंगम बिक, भिमापोखरा स्वास्थ्यचौकीमा कार्यरत तत्कालिन स्वास्थ्य चौकी इन्चार्ज बिष्णुनाथ सापकोटा, धुर्व केसी, निजामति क्षेत्रमा कार्यरत चुर्णबहादुर कार्की, बाल बचत कर्ता तथा स्मृति कोषका सदस्यलाई सहकारीले सम्मान गरेको थियो ।





